×

NMB BANK
NIC ASIA

नाका बन्द, तस्करी धमाधम

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर प्रहरीले बिहीबार भारतबाट अवैध रूपमा भित्रिएको १ लाख ६५ हजार रुपैयाँ बढीको मालसामान बरामद गर्‍यो ।

Muktinath Bank

लेडिज सुट र बिँडीलगायत सामान महेन्द्रनगरस्थित बसपार्कमा बेवारिसे अवस्थामा थियो । मंगलबार मात्रै ब्रह्मदेव क्षेत्रबाट अवैध रूपमा भित्रिएको चिनी र फास्टफुडका सामान पनि प्रहरीले बरामद गरेको थियो । ती सामानसँगै दुई जनालाई समेत पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना संक्रमणका कारण गत चैतदेखि नाका बन्द छ । सर्वसाधारणलाई सीमावर्ती बजारतर्फ आउजाउमा रोक लगाइएको छ । उपचार र रोजगारीमा जानेहरूले समेत आधार कार्ड वा स्थानीय प्रशासनको सिफारिस लिनुपर्छ । तर नाकाहरूबाट हुने मालसामानको तस्करी र ओसारपसार भने झनै बढेको छ । सामानसँगै लागूऔषधसमेत भित्रिने गरेको छ । जिल्लाका ब्रह्मदेव, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रबाट भन्सार छलेर भारतीय वस्तु भित्रिइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

‘नाका बन्द नाम मात्रको हो, खुला रूपमा आउजाउ भइरहेकै छ,’ दोधारा चाँदनी नगरपालिका–३ का रमेश सुनारले भने, ‘भारतबाट खुलेआम सामान ल्याउन कुनै रोकटोक छैन ।’ उनका अनुसार दोधारा चाँदनीका विभिन्न नाकाबाट राति मालसामान भित्रिने गरेको छ । यहाँको कुतियाकवर, बडुवाल टोल र कञ्चभोजमा नेपाल र भारत दुवैतर्फका घरआँगनहरू जोडिएका छन् । उक्त क्षेत्रमा नाका बन्दको कुनै प्रभाव छैन । यहाँ तरकारीदेखि खाद्यान्न बिक्रीका लागि समेत भारतीय नागरिक आउने गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘सुरक्षाकर्मीको आँखा छलेर पारी पुगेर मालसामान ल्याउने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘खुला सिमानाका कारण रोकथाममा निकै चुनौती छ ।’ उनका अनुसार जंगलको बाटो तथा नदी तरेर भारत गई सामान ल्याउने गरेको भेटिएको छ ।

दिनहुँजसो भारतबाट अवैध रूपमा ल्याइएका सामान बरामद भइरहेको थापाले दाबी गरे । थोरै जनशक्ति र खुला सिमानाका कारण सीमा क्षेत्रमा पूर्णरूपमा आवागमन रोक्न नसकेको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले बताए । कान्तिपुर दैनिकमा भवानी भट्ट र सन्तोष सिंहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x