×

NMB BANK
NIC ASIA

प्रचण्ड-नेपालको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त, व्यवस्थापनको लागि ट्राफिक प्रमुख नै सडकमा

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रचण्ड–माधव नेपाल समूहको नेकपाले गरेको शक्ति प्रदर्शनले गर्दा उपत्यकामा भएको सवारी व्यवस्थापनको लागि ट्राफिक प्रमुख नै सडकमा उत्रिएका छन् । 

Muktinath Bank

‘आज म सडकमै सवारी व्यवस्थापनमा उत्रेको छु,’ एसएसपी जनक भट्टराईले लोकान्तरसँग भने,‘उपत्यकामा आन्दोलनले गर्दा सवारी व्यवस्थापनमा समस्या छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज (शुक्रवार) नेकपाले गरेको विरोध जुलुसका कारणले उपत्यकाका सबै जसो सडकहरुमा ट्राफिक जाम भएको छ । 


Advertisment
Nabil box
Kumari

बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रहरुका आन्दोलनकारीहरूको भिड भएकाले कारणले त्यो क्षेत्रमा सवारी आवागमन ठप्प जस्तै भएको छ । 
लगातारको आन्दोलन र जुलुसका कारणले गर्दा उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ । 

Vianet communication
Laxmi Bank

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् विघटनको सिफारिस पछि भएको विघटनले देखिएको गतिरोधपछि उपत्यकामा विरोध, नारा जुलुस र र्‍यालीका कारणले गर्दा उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको हो ।  

दिनदिनैको आन्दोलन र जुलुसले आफ्नो रोजीरोटीको लागि गन्तव्यमा जानु पर्ने श्रमिक र जागिरमा जानेहरू हैरानीमा परेका छन् । 

मंगलबार प्रचण्ड–नेपाल पक्षको नेकपाले गरेको शक्ति प्रदर्शन भन्दै गरेको जुलुसका कारणले एक जना युवाले अगाडि जुलुस जाँदै गर्दा आफ्नै पार्टी विरोधले गर्दा जनतालाई सास्ती दिएको भन्दै आक्रोश पोख्दै थिए ।
‘आफ्नै पार्टी–पार्टीका मान्छे लड्न हामी जनतालाई दुःख १० बजे अफिस पुग्नु पर्ने अहिलेसम्म यहीँ छु । यीनले जताबाट पनि हामीलाई दुःख दिने हुन,’ ती युवाले आक्रोश पोख्दै भने ।

अर्का एक अधबैंसे पुरुषले थपे, ‘जनताको दुःखको विषयमा, भोका नाङ्गाको विषयमा जुलुस गरेको भए पो आफ्नै कुर्सीका लागि लडेर जनतालाई दुःख दिन्छन् ।’

 ३० मिनेट जाम हुँदा २ घण्टा असर

काठमाडौंको मुख्य क्षेत्र नयाँ बानेश्वर, तीनकुने, कुपण्डोल, थापाथली, माइतीघर, पुतली सडक लगायत क्षेत्रमा ३० मिनेट अर्थात आधा घण्टा सडक ठप्प हुँदा आसपासका सडकहरुको जाम हटाउनको लागि २ घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

‘काठमाडौंको मुख्य ठाउँमा आधा घण्टा मात्रै सडक अवरुद्ध हुँदा जाम हटाउनको लागि २ घण्टा समय लाग्छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भट्टराईले भने ।

एसएसपी भट्टराईका अनुसार यदि त्यो क्षेत्रमा १ घण्टा भन्दा धेरै जाम भयो भने उपत्यकामा १ दिनभरी जाम हटाउन लाग्छ । 

आन्दोलन हुँदा महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरुलाई बैकल्पिक सडक प्रयोग गर्नको लागि अनुरोध गर्ने गरेको एसएसपी भट्टराईले बताए । 

‘यदि पुतलीसडकमा १ घण्टा मात्रै जाम भयो भने त्यसको असर कोटेश्वर, जडिबुटीसम्म पर्छ,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘यस्तै काठमाडौंको मुख्य ठाउँमा छिर्ने सवारी साधनहरुको असर त्यति नै पर आसपासका क्षेत्रमा पर्ने गर्छ ।’
  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x