संवैधानिक आयोगमा पदपूर्तिविरुद्ध परेको रिटको पेशी फेरि सर्‍यो

संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिश गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाई शुक्रवार पनि स्थगित भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा भएको नियुक्ति गैर संवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । 


Advertisement

पुस २ गते परिषद्ले विभिन्न आयोगमा नियुक्तिको सिफारिश गरेको थियो । संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिनभित्र सुनुवाइ नभए उनीहरूको नियुक्ति हुनेछ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्