मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार राति जारी गरिएको यस विज्ञप्तिका अनुसार खोगीआनी जिल्लाको आक्रम खिल क्षेत्र र शिर्जाल जिल्लाको हासिम खिल क्षेत्रमा गरिएको कारबाहीको क्रममा तालिबानका पाँच कमाण्डर पनि मारिएका जनाएको छ ।
कारबाहीको क्रममा तालिबान लडाकू लुकेर बसेको आखाडा र उनीहरुको जाँच चौकीलाई पनि ध्वस्त परेको जनाइएको छ । पछिल्लो दुई दशकदेखि हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा पटक पटक शान्ति वार्ताको प्रयास थालिए पनि दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना कायम नै छ । तालिबानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।
तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएका र हाल पनि सरकारको मुख्य एजेन्डा सोही रहेको छ ।
गतवर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन ।
पछिल्लो समय सरकारी पदाधिकारी, अधिकारवादी र पत्रकारलक्षित आक्रमण भइरहेका छन् । यहाँ हिंसामा परेर नागरिकको ज्यान जाने क्रम रोकिएको छैन् । तालिाबानले जारी राखेको यस हिंसा हत्याको कारण तालिबानविरुद्ध सुरक्षा कारबाही जारी राख्न सुरक्षा अधिकारीहरु पनि बाध्य भएका छन् ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...