जिल्ला प्रशासन कार्यालय दोलखामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

नेपाल बैंक लिमिटेडले ३९औं एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय दोलखामा शरू गरेको छ ।

उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बुधवार गरेका थिए । 


Advertisement

उक्त अबसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए ।

उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागी यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रबिधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्