माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
केही वर्षअघि नेपाली बजारमा अलैंचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो ।
किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैंचीको मूल्य घट्दै गयो ।
लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेरोमा मूल्य छ । अलैंचीको मूल्य अझै घट्दो क्रममा छ । कुन बेला मूल्य घट्छ वा बढ्छ भन्न सक्ने अवस्था पनि छैन ।
यसरी अलैंचीको मूल्य अस्थिर हुँदा अलैँची बिक्री गर्ने किसान अलमलमा परेका छन् । यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुनै वर्ष फसल बढेको बेला भाउ घट्ने र फसल बढेको बेला भाउ घट्ने अनभिज्ञ छन् ।
सैद्धान्तिक हिसाबले हेर्ने हो भने किसानकै हातमा अलैंचीको भाउ निर्धारण गर्ने अधिकार हुनुपर्ने हो । वस्तुका मालिक किसान भएकाले बेच्ने मूल्य किसानकै हातमा हुनुपर्ने हो तर यसको ठ्याक्कै उल्टो अरूले निर्धारण गरेको मूल्यमै आफ्नो परिश्रम बेच्नुपर्ने बाध्यतामा किसान छन् । कृषिजन्य वस्तुको बजारलाई हेर्ने हो भने अलैँची मात्र होइन अम्लिसो (कुचो), अदुवा, चिया सबैको स्थिति एउटै छ ।
बजारमा कसैले चलाएको मूल्यकै आधारमा किसान उत्पादन बेच्नुपर्ने बाध्यतामा छन् । समग्रमा अझैपनि किसान वस्तु उत्पादन गर्ने ठाउँमा छन् तर मूल्य निर्धारण गर्ने ठाउँमा छैनन् । अर्थशास्त्रको मूल्य सिद्धान्तलाई हेर्ने हो भने वस्तुको मूल्य माग र आपूर्तिलाई हेरेर निर्धारण गरिन्छ ।
उत्पादकले उत्पादन लागतभन्दा माथि बजारको माग र आपूर्तिलाई आधार बनाएर वस्तुको मूल्य निर्धारण हुन्छ तर हाम्रा वस्तुको मूल्य निर्धारण भने यसको विपरीत भइरहेको छ । उत्पादन लागतलाई समेत ध्यान नदिइ बजार मूल्य निर्धारण हुने गरेको देखिन्छ । वस्तुको लागत नै निर्धारण नगरिने भएकाले वस्तुमा लागेको परिश्रम, तयारी खर्च वा अन्य मूल्य नजोडिने समस्या छन् ।
यसैले कुनै दिन उत्पादित वस्तुको लागत मूल्यभन्दा कममा वस्तु बेच्नुपर्ने बाध्यता आउन सक्ने अनुमान चिया व्यवसायी कमल मैनालीको छ । चियाको मुख्य बजार भारत हो ।
भारतले राखिदिएका मूल्यमै नेपाली किसानले चिया बेच्न बाध्य छन् । चियाको बजार मूल्य निर्धारणमा किसान होइन, नेपाली व्यवसायीको समेत संलग्नता रहँदैन । मैनालीका अनुसार हामीले उत्पादन गरेको चियाको लागत मूल्य निर्धारण नभएकाले पनि जतिसुकै मूल्यमा बेच्नु पर्ने बाध्यता छ । उनका अनुसार लागत मूल्य नै निर्धारण नहुनाले किसानले सीमित(तोकिएको) बजारमा चलेकै बजारमा चिया बेच्नुपर्ने बाध्यता छ ।
'हामी यथास्थिति धरातलमा छौ । हामीले चिया बेच्नुपर्ने पनि छ तर कम मूल्य छ ।' मैनालीले भन्नुभयो, 'यसलाई चिर्नका लागि हामीले उत्पादनको लागत मूल्य निर्धारण गरेर बजार भाउ तोक्नुपर्छ । अनि बजारमा वस्तु पुर्याउनु पर्छ ।'
चियाकै जस्तो समस्या अन्य कृषिजन्य वस्तुको बजारमा पनि छ । बजारकै अभावका कारण कम मूल्यमा अलैँची बेच्नु परेको अलैँची व्यवसायी निर्मल भट्टराईको तर्क छ । भारत नै अलैंचीको मुख्य बजार भएकाले उसैले राखेको मूल्यमा किसान र स्वदेशी व्यवसायीले अलैँची बेच्नु पर्नेछ ।
'हामीले हाम्रो उत्पादन बेच्नै पर्ने बाध्यता हुन्छ । त्यसैले हामी भारत गुहार्छौ,' भट्टराईले भने,'भारत हाम्रो (नेपाल)को मात्र होइन, भुटान जस्ता देशको पनि बजार हो । त्यसैले मूल्य निर्धारण गरिदिन्छ ।”
भट्टराईका अनुसार अलैंचीको मूल्य वार्षिक वा मासिक रूपमा घटबढ हुने मात्र होइन दिनमै पनि फरक फरक हुनसक्छ । एकदमै अस्थिर बजारमा नेपाली किसानले अलैँची बेच्नुपर्ने बाध्यता छ । भट्टराईका अनुसार नेपाल सरकारले वस्तुको उत्पादनको प्रवद्र्धन गर्न नसक्दा यो समस्या आएको हो ।
'हामीसँग यो सम्बन्धी नीति नै छैन । सरकारले नयाँ बजार खोज्नु पर्ने हो तर यस्तो कहिल्यै हुन सकेन ।' चियाकै जस्तो अलैंचीको मूल्यपनि लागत मूल्यभन्दा कममा बेच्नुपर्ने दिन आउन सक्ने खतरा रहेको भट्टराईको सङ्केत छ । 'वस्तुको मूल्य मात्र हेरफेर गरिँदैन । वस्तुको भाउ घटाउन लामो समय होल्ड राख्ने समस्या पनि छ ।' अलैँची व्यवसायी भट्टराईले भन्नुभयो,'एकैचोटी किनेर लामो राखिदिने अनि नकिन्ने बाध्यता समेत छ । भारतले नेपाली किन्नका लागि पनि अनेक तिकडदम गर्ने गर्छ । कृषिजन्य सामग्री बोकेका ट्रक नै सीमाबाट भारत पर्न रोक समेत लाउने गरेको छ ।
नेपाली व्यवसायीको जोडबलले ट्रक नाका कटाउनु पर्ने अवस्था रहेको छ । भारतले नेपाली सामग्री किन्न नचाहँदा पनि किनिदिनु पर्ने बाध्यता रहेकाले मूल्य निर्धारण समेत भारतले नै गर्ने गरेको अदुवा तथा अलैँची व्यवसायी मात्रिका घिमिरेको भनाई छ । घिमिरेका अनुसार नेपाली वस्तुको कम गुणस्तरीय हुनाले पनि भारतले मनोमानी ढङ्गले मूल्य निर्धारण गरेको हो । विशेषगरी नेपालबाट जाने अदुवा अन्य कृषिजन्य वस्तुको तुलनामा कम गुणस्तरीय मानिन्छ । किसानले बजार हेर्ने भएकाले माटोसहितको अदुवा समेत बेच्ने गरेका छन् । वस्तुको गुणस्तर कायम गर्न सकेमा बजार आफै निर्माण हुँदै जाने घिमिरेको तर्क छ । अन्य वस्तुको जस्तै अदुवाको पनि भाउ एकदर छैन ।
यसको प्रत्यक्ष मारमा किसान परिरहेका छन् । यता लागत मूल्य बढ्ने तर बजार मूल्य घट्दै जाने गरेकाले कृषि व्यवसाय ठूलो मारमा परेको छ । वस्तुको मूल्य निर्धारणका लागि सरकारले चाँडो काम शुरु गर्नुपर्ने कृषिविज्ञ डा. योगेन्द्रमान श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार वस्तुको मूल्य सरकार, उत्पादनकर्ता र उपभोगकर्ताले गर्ने हो तर नेपालमा भने उपभोगताले मात्र मूल्य निर्धारण गर्दा बजार अस्तव्यस्त बनेको हो । 'हामीले गुणस्तरीय वस्तु निर्माण गर्ने हो । अनि किन्न आउनका लागि अरूलाई निर्धारण गर्ने हो,' डा. श्रेष्ठले भने,'वस्तुको लागत मूल्य निर्धारण गर्ने अनि बजारलाई आह्वान गर्न सरकारले अभिभावकत्व गर्नुपर्छ ।' सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । नेपाली चिया कम गुणस्तरीय भएको वा भारतको रणनीति हो भन्न तथ्य बाहिर आउनुपर्ने सरोकारवालाहरु बताउँछन् । किरण पौड्याल,रासस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...