×

NMB BANK
NIC ASIA

नगरभित्र एकैदिन विद्यालय व्यवस्थापन समिति गठनको अभ्यास

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाका ७२ सामुदायिक विद्यालयमा शुक्रबार एकैदिन विद्यालय व्यवस्थापन समिति गठन गरेर नयाँ अभ्यासको थालनी गरिएको छ । 

Muktinath Bank

सामुदायिक विद्यालयमा अनावश्यकरुपमा राजनीतिक हस्तक्षेप हुने, गैर अभिभावकको हस्तक्षेपका कारण समिति गठन प्रक्रियामा ढिलाइ र झण्झटिलो हुने लगायतका कारणले नगरभित्रका ७२ वटा सामुदायिक विद्यालयमा एकैदिन र एकै समयमा समिति गठन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नगरभित्रका सबै सामुदायिक विद्यालयमा एकैदिन र एउटै समयमा विब्यस गठन गर्दा स्वतन्त्ररुपमा विना गुटबन्दी नेतृत्व प्राप्त हुने विश्वास लिएका छौँ”, उनले भने, “सामुदायिक विद्यालयमा बढ्दै गएको राजनीतिक हस्तक्षेप रोक्न तथा शैक्षिक गुणस्तर वृद्धि गर्न र वास्तविक प्रतिनिधित्वका लागि नयाँ अभ्यास थालेका हौँ ।” नगरपालिकाभित्रका ७२ जना कर्मचारीलाई विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी अभिमुखीकरणपश्चात् विद्यालयमा खटाइएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

एकैदिन एउटै समयमा विद्यालय व्यवस्थापन समिति गठन गर्दा राजनीतिक हस्तक्षेप हुन नपाउने, एउटै व्यक्ति फरक फरक विद्यालयमा नेतृत्वमा बस्न नपाउने भएकाले दोहोरोपनाका अन्त्य हुनुका साथै आगामी तीन वर्षपछि एकैपटक सबै विब्यसको पदावधि सकिने भएकाले पनि नगरपालिकाले नयाँ अभ्यासकोरुपमा अभियान अगाडि सारेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए । 

Vianet communication
Laxmi Bank

नगरपालिकाले थालेको यो अभियान नेपालमै पहिलो अभ्यास भएको दाबी शिक्षा शाखा प्रमुख सापकोटाको छ । वालिङ नगरपालिकाभित्र माध्यमिक विद्यालय १६, निम्न माध्यमिक विद्यालय (१–८) आठ र आधारभूत विद्यालय ४८ मा विब्यस गठन गरिएको शाखा प्रमुख सापकोटाले बताए । 

“नगरभित्रका चार÷पाँच विद्यालयमा विब्यस गठन हुन नसकेपछि सहमतिको प्रयास भइरहेको छ”, शाखा प्रमुख सापकोटाले भने, “बाँकी विद्यालयमा एकदुई दिनभित्रमा सहमतिका आधारमा नयाँ नेतृत्व प्राप्त हुनेछ ।”  सामुदायिक विद्यालयमा जस्तै नगरभित्रका संस्थागत विद्यालयमा पनि यही प्रक्रियाअनुसार सञ्चालक समिति गठन गर्न सुझाव दिइएको शाखा प्रमुख सापकोटाले बताए । उहाँका अनुसार वालिङ नगरभित्र १५ संस्थागत विद्यालय छन् । तोलाकान्त बगाले,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x