×

NMB BANK
NIC ASIA

दोर्दीखोला जलविद्युत् आयोजनाको ९६ प्रतिशत निर्माण सम्पन्न, कहिले आउँछ सञ्चालनमा ?

माघ १०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ ।

Muktinath Bank

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैत महिनामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छाउने र सुरुङको काम फागुनभित्रै सकिन्छ । तीन हजार २०० मिटर पाइप बिच्छाउनमध्ये तीन हजार १०० मिटर बिच्छाउने काम सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समय सकाउँदै समय थप गरी अघि बढ्दै गरेको यस आयोजनाले गत पुसबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले निर्माणमा प्रभावित भएकाले केही समय ढिला हुँदा निर्माण अवधिसमेत केही समय लम्बिएको आयोजना कार्यस्थल प्रमुख दिपक ज्ञवालीले बताए। 

Vianet communication
Laxmi Bank

बाँध स्थललगायतका अधिकांश काम पूरा गर्दै निर्माण सम्पन्नको चरणमा पुगेकाले अब भने समयमै काम सम्पन्न हुने उनको भनाइ छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेँशीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत् गृह रहेको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको थियो भने विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

नाकाबन्दी, अघिल्लो बर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुगेको योजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो । 

कोभिड–१९ का कारण लकडाउनले निर्माणलाई प्रभाव पार्दा उक्त मितिसमेतमा निर्माण सम्पन्न हुन सकेन । पछि समय थप गरेर गत पुस महिनासम्म निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य थियो । सो लक्ष्य पनि लक्ष्यमै मात्र सीमित हुन पुगेपछि फेरी समय थप गर्दै आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । शुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६० करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान रहेको छ ।  

यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत प्राधिकरण र सो कम्पनीबीच २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ । 

यस आयोजनाको बाँधस्थल र विद्युत् गृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ्रे मेटल एन्ड मेसिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको जिम्मामा थियो । यस आयोजनाबाहेक अन्य चार जलविद्युत् आयोजनाले यस दोर्दी करिडोरमै निर्माण कार्य अगाडि बढिरहेको छ ।

तीमध्ये पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२।१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन रहेका छन् । 

यस दोर्दी करिदोरमा निर्माणाधीन पाँच आयोजना करिब २४ अर्ब लगानीमा निर्माणाधीन छन् । यी आयोजनामध्ये केही आयोजनाले आगामी चैतभित्रै निर्माण कार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ । त्यस्तै, जिल्लामा केही आयोजना निर्माण हुने प्रक्रियामा रहेका छन् । त्यस्तै, केही आयोजनाले निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन गर्दै आइरहेका छन् । जनक श्रेष्ठ,रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x