कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित सावित्रा भण्डारीको घरमा गेटभित्र पस्नासाथ लटरम्म तरकारी फलेका देखिन्छन् ।
एकतले घरको छत (कौसी) मा अहिले बन्दा, काउली, धनियाँ, काक्रो, टमाटर, खुर्सानी, रायो, भन्टा र प्याज लगायतका तरकारी लटरम्म फलेका छन् । तरकारी मात्र होइन, मेवा पाकेका छन् । तुलसी, मरौटी, घ्यूकुमारी जस्ता जडिबुटी पनि लस्करै लगाइएका छन् ।
गृहिणी सावित्राले छतमै लगाएका बेमौसमी सयपत्री, गोदावरी, धुपी गुलाब र बेगनबेली फूलको बास्नाले उनको घरमा पुग्ने जो कोहीलाई बगैंचामा पुगेको आनन्द दिन्छ । तिलोत्तमा–५ सिद्धार्थ टोलकी सावित्राको घरको छतमा पुगेर झट्ट हेर्दा खेतको करेसाबारी र बगैंचाको झल्को दिन्छ ।
उनले कौसीखेतीको काम शुरूआत गरेको ३ महिना पनि पुगेको छैन । १० धुर क्षेत्रफलमा बनेको सावित्राको चिटिक्कको घरका लागि अबदेखि हाटबजार गएर कुनै पनि हरियो तरकारी किन्नु पर्ने छैन ।
उनलाई यस्तो कौसीखेती गर्ने योजना र सोच ‘लकडाउन’का बेला आएको हो । कोरोना भाइरस महामारीसँगै भएको ‘लकडाउन’मा उनको दिनचर्या मोबाइलमा यूट्युब हेरेर बित्थ्यो । लकडाउन लम्बिँदै जाँदा दिन कटाउन गाह्रो हुन थाल्यो । हरेक दिन बिहानदेखि साँझसम्म घरकै कोठामा बित्थ्यो ।
उनले यसरी दिन बिताउनुभन्दा ऊर्जावान समयमा केही गर्नुपर्छ भन्ने सोच बनाइन् । दिन कटाउन मोबाइलमा गीत हेर्ने उनी कौसीखेती, छतमा तरकारी कसरी गर्ने भन्ने यूट्युबमा ‘सर्च’ गर्न थालिन् । त्यहाँबाट धेरै कुरा सिक्दै गइन् ।
दशैं पछाडि बजारबाट प्लास्टिकको पोलिथिन, गमला र विभिन्न प्रकारका क्यारेट जम्मा पारेर माटो र प्राङ्गगारिक मल भर्दै तरकारी, फलफूल र बेमौसमी फूल लगाउन शुरू गरिन् ।
सावित्राले तरकारी र फलफूलका विरुवा लुम्बिनी नर्सरी, बुटवल फलावर्स सर्भिस र गौतम नर्सरी पश्चिम नवलपरासीसम्म पुगेर ल्याएकी हुन् । ‘गुल्मीबाट रूपन्देही झरेको ५ वर्ष भयो । अहिलेसम्म हाटबजारमा बिक्री हुने विषादीयुक्त तरकारी धेरै खाइयो । बजारको हरियो तरकारी किन्न नपर्ने सीप मलाई लकडाउनले सिकायो । छोटो समयमै कौसीखेतीले सकारात्मक नतिजा पनि देखियो,’ सावित्राले भनिन् ।
हँसिलो मुहारकी २९ वर्षीया सावित्रामा कौसी खेतीको सफलताले उत्साह थपेको छ । हिजोआज उनी दिनभर आफ्नै कौसीखेतीमा व्यस्त हुन्छिन् । सावित्राले कौसीखेतीलाई ब्राण्ड बनाउँदै लैजाने योजना बनाएकी छन् ।
सावित्राको जाँगरमा उनका छोराछोरीले पनि साथ दिएका छन् । लोभलाग्दो ढंगले घरमै तरकारी फलाएको देखेका विदेशमा रहेका उनका पति पनि पत्नीको मेहनतबाट दंग छन् । कुहिने खालको घरायसी फोहोर व्यवस्थापन गरेर सावित्रा घरमै प्राङ्गगारिक मल समेत बनाउँछिन् । फोहोर व्यवस्थापन गर्न उनलाई अहिले कुनै झन्झट लाग्दैन । किनकि उनले घरकै फोहोरबाट प्राङ्गगारिक मल बनाएर त्यसबाट फलेको विषादीरहित तरकारी खान पाएकी छन् ।
उनी हाँस्दै भन्छिन्, ‘अबको १५ दिनपछि त मैले आफूलाई चाहिने सबै तरकारी आफैं उत्पादन गर्न सक्छु । पाहुना आउनेलाई मौसम अनुसारको फलफूल पनि पठाउन सक्छु । मेरो कौसीमा फल्ने तरकारी अग्र्यानिक (विषादीरहित) हुन्छन् ।’ उनले फुलाएका फूलको मालाले घरमा आउने अतिथिलाई सत्कार गर्छिन् ।
सावित्राले छतमा ४०० क्यारेट र प्लास्टिकका झोला अटाएकी छन् । उनको सिको गरेर अहिले सिद्धार्थ टोलका धेरै महिलाले घरको छत, कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न थालेका छन् । उनको कौसीखेतीले आकार लिइसकेको छ ।
छतमा तरकारी खेती थालेपछि सावित्राको दिनचर्या तनावरहित भएको छ । सावित्राका अनुसार भान्सामा प्रयोग भएको पानीबाट कौसीमा हरित चमत्कार ल्याउन सकिन्छ । भान्छा र बोटबिरुवाबाट निस्कने फोहोर उन्नत जातको गँड्यौलालाई खुवाएर मलको आवश्यकता पूरा गराउने योजनामा सावित्रा छिन् ।
तरकारीका विरुवामा रोग नलागोस् भनेर सावित्रा गाईवस्तुको पिसाब प्रयोग पनि गर्छिन् । विषादी केही पनि प्रयोग गर्दिनन् । बेलाबेलामा गोडमेल गर्छिन् । जसले बोट मौलाउन पाउँछ र राम्रो उत्पादन दिन्छ ।
सावित्रालाई ३ महिनामै तरकारी खेती सम्बन्धी धेरै कुराको ज्ञान भइसकेको छ । ‘फलफूल र तरकारीलाई एकनासको चिस्यानको आवश्यकता पर्छ । बिरुवामा धेरै पानी हाल्नु पनि हुँदैन, बढी सुख्खा हुन पनि दिनु हुँदैन,’ उनले भनिन् ।
तराईमा बढी गर्मी हुँदा प्लास्टिकको झोला तातेर असर पुर्याउँदा विरुवा पनि ओइलिन सक्छन् । त्यसैले छायाँ पनि पारिदिने केही व्यवस्था गर्न सके राम्रो हुने सावित्रा बताउँछिन् ।
‘शहरमा घर हुने तर जग्गा नहुनेका लागि कौसी खेती आम्दानीको स्रोत बन्छ । व्यावसायिक कृषि खेतीभन्दा पनि घरायसी प्रयोग र सामान्य घर खर्च धान्नका लागि आर्थिक उपार्जनको सजिलो माध्यम कौसीबारी बन्न सक्छ । आफू र घर परिवारलाई पनि व्यस्त राख्ने भएकाले सबैले गर्न सकिन्छ,’ उनले भनिन् ।
परीक्षणकालमा लहलाउँदो तरकारी बनाएपछि उनले सबैतिरबाट राम्रो प्रतिक्रिया पाएकी छन् । अब बिस्तारै लगानी र उत्पादन बढाउने योजना उनको छ । ‘आगामी दिनमा व्यावसायिक पनि बनाउन सकिन्छ कि भन्ने सोच बनाएकी छु । छतबाटै आफ्नो लागि उत्पादन पुर्याउन सकिने रहेछ । आत्मविश्वास बढेको छ,’ उनी भन्छिन् ।
कौसीखेती थालेपछि उनको सोच पनि बदलिएको छ । ‘स्वदेशी उत्पादन प्रयोग गरौं, आत्मनिर्भर बनौं, अहिले हामीले नगरे कसले गर्छ । नेताहरूलाई गाली मात्र गरेर हुँदैन । शुरू आफैंबाट गर्नुपर्ने रहेछ,’ उनले भनिन् । उनलाई अहिले तालिमको आवश्यक छ । स्थानीय तहले कौसीखेती सम्बन्धी विभिन्न तालिम दिए धेरैलाई आत्मनिर्भर बनाउन सहयोग मिल्ने उनले बताइन् ।
पुष्प व्यवसायी रमेश पाण्डे कंक्रिट शहरमा कौसीखेती धेरै राम्रो हुने बताउँछन् । पाण्डेले बजारबाट किनेर ल्याएको तरकारी खानुभन्दा आफैंले उत्पादन गरेको अग्र्यानिक तरकारी खाँदा धेरै आनन्द हुने बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...