×

NMB BANK
NIC ASIA

तारादेवी सम्मानबाट ३ स्रष्टा सम्मानित

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाई सम्मान गरेको छ ।

Muktinath Bank

शुक्रवार महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् । 


Advertisment
Nabil box
Kumari

गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो । उनीहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो । 

Vianet communication
Laxmi Bank

स्व. रिमालको सम्मान उनकी छोरी रेखा ढकालले र स्व. परियारको सम्मान उनकी नातिनी मरिया परियारले ग्रहण गरेकी थिइन् । 

उनीहरुलाई मेयर शाक्य, राज्यमन्त्री रामवीर मानन्धर, फाउन्डेसनका अध्यक्ष दीपक के. सी., नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले संयुक्त रुपमा सम्मान गरेका थिए । 

फाउन्डेसनकी उपाध्यक्ष वरिष्ठ अभिनेत्री भुवन चन्द थापा पनि त्यस क्रममा सहभागी थिइन् । 

सम्मानितहरुलाई जनही २५ हजार १ रुपैयाँ प्रदान गरिएको थियो भने दोसल्ला ओडाएर ताम्र पत्र प्रदान गरिएको थियो ।     

त्यस अवसरमा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले नियमित करीब ४ घण्टा २० मिनेट बढी लगातार गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएकोमा विशेष सम्मान प्रदान गरेको थियो । 
यसै गरी स्थानीय सेवामा उल्लेख्य काम गरेकोमा वडाध्यक्ष दीपक के. सी. लाई सम्मानित गरिएको थियो । 

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न कार्यक्रम राष्ट्रिय सभा गृहमा आयोजना गर्ने तयारी थियो । राजनीतिक कार्यक्रमले भृकुटीमण्डप क्षेत्रमा आवातजावत असामान्य बनेपछि वडा ३ कार्यालय भवनको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको थियो । 

कार्यक्रममा मेयर शाक्यले,  महानगरले नयाँ कलाकारलाई मञ्च र पुराना कलाकारलाई सम्मान गरेर कला जोगाउने प्रयास गरेको बताए । ‘यो हामीले दायित्वभित्रको काम गरेका हौं,’ उनले भने, ‘काठमाडौंमा जातीय समुदायले धानेका परम्परागत बाजागाजाको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि हामीले गुरुहरुलाई जनही ३० हजार नगदसहित सम्मान गरेका छौं । यो रकम ठूलो होइन तर सरकारको सहभागिता भने ठूलो हो । यो निरन्तर चलिरहनेछ ।’ 
कला बचाउन स्रष्टा बचाउनु पर्ने तथ्य आफूलाई महसुस भएको बताउँदै मेयर शाक्यले, महानगरको लगानी हुने ठाउँमा विवाद हुनु नहुने बताए । ‘सबै कलाकार एउटै आवाज र एउटै मञ्चमा हुने हो भने तपाईँहरुका लागि हामी लगानी गर्छौं । तर, त्यहाँ पक्ष विपक्ष हुनुहुँदैन,’ शाक्यको भनाइ थियो ।  

काठमाडौं महानगरले तारादेवी फाउन्डेसनमा २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ । 

नारायण गोपालको अधुरो चाहना पूरा गराउन करीब ६ करोड रुपैयाँ लगानीमा ‘‘गीत गंगा अडिटोरियम’’ निर्माण गर्दैछ । 

कार्यक्रममा फाउन्डेसनका महासचिव सोमन सैँजुले महानगरको अभिभावकीय नेतृत्वबाट न्यानो महसुस भएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x