३ हजार ५ सय ४१ पीसीआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ संक्रमितको मृत्यु

 पछिल्लो २४ घन्टामा मुलुकभर २ सय ३२ जनामा कोरोना संक्रमण भएको छ । 

३ हजार ५ सय ४१ जनाको पीसीआर परिक्षण गर्दा शनिवार २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 


Advertisement

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुुगेको  छ । 

शनिवार ३ सय ८६ जना संक्रमित कोरोना भाइरस मुक्त भएका छन् । यससँगै कोरोना भाइरसमुक्त हुनेहरूको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । 


Advertisement

कोरोना भाइरस मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

यस दिन ८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ रहेको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्