×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीको पीडा

गरीबीको पीडा : छोरालाई विदेश पठाउन ऋणको भार, शव स्वदेश फर्काउन चन्दाको भर

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पाँचथरको कुम्मायक गाउँपालिका–३ का ६५ वर्षीय नरबहादुर माझी गाउँबाट १० हजार रुपैयाँ चन्दा उठाएर आफ्नो जवान छोराको शव लिन काठमाडौं आए ।

Sagarmatha Cement
Muktinath Bank

पैसा कमाउनका लागि वैदेशिक रोजगारीको सिलसिलामा उनका जवान छोरा ३५ वर्षीय लक्ष्मीकुमार माझी २ वर्षअघि मलेसिया पुगेका थिए । तर गत मंसिर २६ गते बिरामी भएका लक्ष्मीले ५ दिनदेखि खाना खान नपाएको अवस्थामा अस्पताल लैजाँदा लैजाँदै मृत्यु भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पैसा कमाउन विदेश गएको छोराको लाश बाकसमा आउँछ भनेर कल्पना समेत गरिएको थिएन,’ रुँदै नरबहादुरले भने, ‘त्यो लाश बुझ्नका लागि काठमाडौं आउन पनि पैसा नभए पछि गाउँमा चन्दा उठाएर यहाँ आउनुपर्‍यो । यो उमेरमा भगवान्ले मलाई लिएर जानुपर्ने ठाउँमा जवान छोरालाई लिएर गयो ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘छोराले बुवाको शवको भारी बोक्नुपर्ने बेलामा छोराको शव बोक्नुपर्ने अवस्था आएको छ, अब उनका श्रीमतीसहित छोराछोरीको गुजारा कसरी चल्ने होला ?’

Vianet communication
Laxmi Bank

विदेशमा हुँदा पनि लक्ष्मीको कमाइ राम्रो थिएन । ‘जुन कम्पनीका लागि उनी गएका थिए त्यहाँ राम्रो तलब सुविधा नभएपछि भागीभागी अन्य कम्पनीमा काम गर्दै आएका थिए,’ बुवा नरबहादुर माझीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोकान्तरसँग भने, ‘पैसा कमाउला भनेर ऋणको भार बोकेर छोरालाई विदेश पठाएको थिएँ । त्यहाँ बिरामी भएर उपचार गर्न र मृत्यु भएपछि लाशलाई त्यहाँको अस्पतालमा राख्नका लागि समेत नेपालीहरूले चन्दा उठाएर मलेसियाको ५ हजार रिङ्गिट बुझाउनुपर्‍यो ।’

मृतक लक्ष्मीका बहिनीज्वाइँ पनि मलेसियामा नै वैदेशिक रोजगारीमा रहेकाले उनले नै नेपालीहरूबाट आर्थिक सहयोग उठाएर अस्पताललाई बुझाएको नरबहादुरले बताए । ‘लक्ष्मीसँगै काम गर्ने १ जना बंगाली साथीले घरमा फोन गरेर लक्ष्मी बिरामी भएको तथा ५ दिनदेखि खाना खान नपाएको अवस्थामा उसको स्वास्थ्य स्थिति बिग्रँदै गएको बेला अस्पताल लैजाने बेला बाटोमा नै मृत्यु भएको भनेर फोन गरेर खबर गरेका थिए,’ मृतक लक्ष्मीका बुवा माझीले भने, ‘खै अब उसको मृत्यु कसरी भयो भन्ने कुरा हामीलाई थाहा भएन, उसको बंगाली साथीले नै भनेको कुरा पत्याउनुपर्‍यो ।’

...

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का २५ वर्षीय कालु तामाङको पनि डेढ महिनाअघि मलेसियामा मृत्यु भयो । मृतक तामाङको शव बुझ्न काठमाडौं विमानस्थलमा पुगेका उनका आफन्त पासाङ शेर्पाले मलेसियाबाट शव ल्याउन गाउँबाट १ लाख नेपाली रुपैयाँ मलेसिया पठाउनुपरेको बताए । ‘७ वर्षअघि नै मलेसिया पुगेका कालुले शुरूको ३ वर्ष त्यहीँ कम्पनीमा काम गरेका थिए तर पछि कम्पनी छाडेर भागीभागी अन्य कम्पनीमा काम गर्ने गरेका थिए,’ पासाङले लोकान्तरसँग भने, ‘किड्नी खराब भएका कारण बिरामी भई मृत्यु भएको भनेर भनिएको छ, इलिगल काम गर्दै हिँडेका कारण उसको उपचार गर्न त्यहाँका अस्पतालले पनि भर्ना गरेनन् ।’

कालुको मृत्यु भएपछि शवलाई मलेसियाको प्रहरीले कब्जामा लियो र शवलाई अस्पतालको फ्रिजमा राख्नका लागि लागेको अस्पताल खर्च मलेसिया पठाउनुपर्‍यो । मृतक कालुका बुवा टेम्बा तामाङले १ लाख रुपैयाँ गाउँका ठूलाबडा र संघसंस्थाबाट चन्दा उठाएर दूतावासलाई पठाएपछि मात्र शव नेपाल आउन सम्भव भएको पासाङले बताए ।

‘यहाँ नेपालमा कुनै काम नै छैन, रोजगारी नै पाउँदैन, बाध्य भएर ज्यानको जोखिम समेत लिएर विदेश जानुपर्ने नेपालीको बाध्यता छ,’ पासाङले भने, ‘नेपालमा नै सरकारले केही व्यवस्था गरिदिए विदेशमा गएर नेपालीको मृत्यु हुने थिएन ।’ पैसा कमाउन गएका कालुले पैसा त कमाउन सकेनन्, उल्टै उनको शव नेपाल ल्याउन पैसा पठाउनुपर्ने दिन समेत आएको उनले बताए ।

.....

पर्साको वीरगञ्ज महानगरपालिका–२० हर्पतगञ्जका ३२ वर्षीय ओजिर खान पैठानको शव पनि शनिवार काठमाडौं विमानस्थलमा आएको छ । डेढ महिनाअघि मलेसियामा हृदयघातका कारण मृत्यु भएको मृतकका भिनाजु आफ्ताब खानले बताए । सन् २०१५ देखि नै मलेसियामा काम गरिरहेका उनी पछिल्लो समय ३ वर्षअघि पुनः मलेसिया गएका थिए । मृत्यु भएपछि काम गर्ने कम्पनीले कुनै क्षतिपूर्ति समेत नदिएको उनले बताए । ‘नेपालको श्रमको अवधि सकिएका कारण कम्पनीले बिमा गराउन सकेको थिएन, त्यसैले कुनै पनि क्षतिपूर्ति दिएनन्,’ मृतक ओजिरका भिनाजु आफ्ताबले विमानस्थलमा शव बुझ्दै लोकान्तरसँग भने, ‘श्रीमती, ३ छोरा, आमा र बुवाको अब पालनपोषण कसरी होला भन्ने समस्या समेत थपिएको छ ।’

...

झापाको अर्जुनधारा नगरपालिका–६ का ३८ वर्षीय विष्णुकुमार चौधरीको शव पनि मलेसियाबाट शनिवार काठमाडौं आइपुगेको छ । विगत १० वर्षदेखि मलेसियामा काम गरिरहेका विष्णु डेढ वर्षअघि फ्यामिली भिसामा पत्नी हेमकुमारी चौधरीलाई पनि सँगै लिएर गएका थिए । ‘महिनाको नेपाली ४० हजार रुपैयाँ कमाउने गरेका उनको डेढ महिनाअघि मृत्यु भयो,’ शव बुझ्न आफन्तसहित विमानस्थल पुगेका मृतकका जेठान डम्बर यादवले भने, ‘उहाँको मृत्यु भएपछि उहाँकी श्रीमती हेमकुमारी चौधरी १५ दिनअघि नेपाल आउनुभएको छ ।’

मृतकका २ छोरा छन् । ‘सामान्य बिरामी भएर उपचारका लागि अस्पतालमा ३ दिन भर्ना गरिएको थियो,’ यादवले भने, ‘तर पनि उहाँको ज्यान जोगिएन ।’

....

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का २७ वर्षीय अजय भण्डारीले मलेसियामा आत्महत्या गरे । मृतककी बहिनी प्रमिला भण्डारीका अनुसार उनको मानसिक स्थिति बिग्रिएको जस्तो थियो, मानसिक सन्तुलन गुमाएका उनले अचानक झुण्डिएर आत्महत्या गरेका हुन् ।

शव बुझ्न काठमाडौं विमानस्थलमा पुगेकी भण्डारीले लोकान्तरसँग भनिन्, ‘पहिलेदेखि नै अलिअलि ब्रेनको समस्या थियो ।’

...

ताप्लेजुङको श्रीगंगा गाउँपालिका–२ का ४५ वर्षीय नेत्रप्रसाद भट्टराईको पुस ७ गते मलेसियामा मृत्यु भयो । उनको शव पनि शनिवार काठमाडौं आइपुगेको छ ।

शव बुझ्न काठमाडौं विमानस्थल पुगेका मृतकका दाजु हर्कबहादुर भट्टराईसहित उनका नातेदारहरू भक्कानिएका थिए । ‘उनी सुतेको ठाउँबाट उठ्न नसकेको अवस्थामा साथीहरूले भेटेका थिए,’ हर्कले भने, ‘उनको मृत्यु किन भयो भनेर हामीले बुझ्न सकेका छैनौं ।’

नेत्रको निधनपछि उनकी पत्नी र २ छोरा बेसहारा भएका छन् । श्रम स्वीकृतिको अवधि सकिएका कारण जीवन बिमा गराएको थिएन, त्यसकारण कम्पनीले कुनै पनि किसिमको आर्थिक क्षतिपूर्ति नदिएको उनले बताए ।

...

झापाको बिर्तामोडका ३८ वर्षीय लिलाबहादुर खड्काको पनि मंसिर २३ गते मलेसियामा मृत्यु भयो । मृतक खड्काको शव पनि शनिवार काठमाडौं आइपुगेको छ ।

शव बुझ्न मृतकका साढुदाइ गोविन्द थापा विमानस्थल पुगेका थिए । ‘पहिलेदेखि नै उहाँ मधुमेहका बिरामी हुनुहुन्थ्यो, सुतेपछि सुतेको सुत्यै हुनुभयो,’ थापाले भने, ‘कम्पनीले कुनै क्षतिपूर्ति दिएको छैन ।’

विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकसमा आएको शव देख्दा भक्कानिँदै रुँदै कराउँदै गरेको दृश्य देखिन्थ्यो ।

नेपाल एयरलाइन्सले तीर्थराम लोनिया, सुन्दर राई, कालु तामाङ, लिलाबहादुर खड्का, अजय भण्डारी, लक्ष्मीकुमार माझी, विष्णुकुमार चौधरी, भीमबहादुर मगर, सूर्यबहादुर तामाङ, अजय तामाङ, मिलन लामा तामाङ, प्रदीप शाह, धनबहादुर विश्वकर्मा, नेत्रप्रसाद भट्टराई, वीरेन्द्र राउत कुर्मी, ओजिर खान पैठान, मोहम्द मिस्तार, रामकुमार मुधीयारी र वीरबहादुर तामाङको शव ल्याएको छ ।

निगमले ल्याइदिएको शवलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क रूपमा शवबाहन उपलब्ध गराएर मृतकको घरसम्म पुर्‍याउँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x