दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा चितुवा मृत फेला परेको छ ।
चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले बताए ।
उनका अनुसार दाउरा लिन गएका स्थानीयले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ ।
जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने जनाइएको छ । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए ।
रासस