×

NMB BANK
NIC ASIA

पूर्व मन्त्री पुनको प्रश्न : के राष्ट्रपति केपी ओलीको अपराध छोप्ने संस्था हो ?

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न चेतावनी दिएका छन् ।

Muktinath Bank

पुनले ओलीको जालसाँझी, षड्यन्त्र, धाँधली र तिकडममा सहयोगीको भूमिका नखेल्न राष्ट्रपति भण्डारीलाई आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशको अभिभावकका रूपमा निर्वाचित जनताको छोरी राष्ट्रपतिका रूपमा बस्नुभएको छ,’ रोल्पाको होलेरीमा शनिवार संसद विघटनविरुद्ध आयोजित सभालाई सम्बोधन गर्दै पुनले भने, ‘के राष्ट्रपति प्रधानमन्त्रीका गल्तीहरू, अपराधहरू छोप्ने संस्था हो ? त्यो रूपमा सेटिङमा चल्न दिन्छ संविधानले ? के राजनीतिक नैतिकताले मिल्छ ?


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले संर्वोच्च अदालतमा बुझाएको जवाफमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा लेखेको पत्रमा संविधानको धारा, उपधारा उल्लेख नगरेको पाइएको तर राष्ट्रपतिले संसद विघटन सदर गरेको पत्रमा संविधानको धारा ७६ (१), धारा (८५) उल्लेख गरेको चर्चा गर्दै पुनले राष्ट्रपतिको भूमिका सन्देहात्मक देखिएको बताए ।

Vianet communication
Laxmi Bank

‘प्रधानमन्त्रीले संविधानको धारा उल्लेख नगर्ने तर राष्ट्रपतिले  गर्ने ? यो मिलोमतो जस्तो देखियो भन्ने प्रश्न अधिवक्ताहरूले इजलासमा उठाएपछि हतारहतार फाइल परिवर्तन गरियो,’ पुनले भने । 

ओली र ओली गुटका मानिसले सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाएकाले संसद विघटन सदर हुने तथा सूर्य चुनाव चिह्न र दलको मान्यता आफूले पाउने भन्दै हिँडेकामा पुनले आपत्ति जनाए । 

स्वेच्छाचारी र अंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध ओली समूहबाहेक सबै दल, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नागरिक अगुवा, सामाजिक अभियन्ता, कानून व्यवसायी, कानूनविद्, सार्वजनिक सञ्चारमाध्यम र आम जनताको एउटै आवाज रहेको भन्दै सर्वोच्चले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे ।

७० प्रतिशत केन्द्रीय सदस्यको समर्थन रहेको प्रचण्ड–नेपाल नेतृत्वको पार्टी नेकपाको मूलधार रहेकाले आधिकारिकता र निर्वाचन चिह्न पाउनेमा शंका नरहेको दाबी गरे । स्वतन्त्र न्यायालय र संवैधानिक निकायप्रति आफूहरूको विश्वास र आस्था रहेको भन्दै पुनले गैरन्यायिक फैसला र निर्णय भए अस्वीकार्य रहेको चेतावनी दिए ।

सर्वोच्चमा विचाराधीन संसद विघटनविरुद्धको मुद्दामा पक्षबाट ३०० अधिवक्ताले बहसमा भाग लिए पनि ओलीका पक्षमा उभिने कोही नभएपछि राजावादीलाई उभ्याइएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x