×

NMB BANK
NIC ASIA

बजार पूँजीकरणका आधारमा १० कम्पनी शीर्षस्थानमा, को बन्यो नम्बर वान ?

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै रु ३२ खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबर पुगेको छ । यो झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादनको हाराहारी हो । हाल नेपालको कूल ग्राहस्थ उत्पादन रु ३७ खर्ब ६७ अर्ब बराबर रहेको छ ।

Muktinath Bank

नेप्सेको विवरणअनुसार यस साता बजार पूँजीकरणका आधारमा विभिन्न १० कम्पनी शीर्षस्थानमा रहेको छ । त्यसमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । दुई बीमा कम्पनी, छ ‘क’ वर्गका वाणिज्य बैंक र एक उत्पादनमूलक समूहको कम्पनीले शीर्ष १० स्थान ओगटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबारको कारोवारअनुसार नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता शेयर मूल्य रु एक हजार ३४० रहेको छ । नेप्सेमा सो कम्पनीको कूल एक करोड ५० लाख कित्ता शेयर सूचीकरण भएको छ । सो कम्पनीको कूल बजार पूँजीकरण रु दुई खर्ब एक अर्ब बराबर पुगेको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको नेप्सेमा कूल पाँच करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख ५६ हजार रहेको छ ।

Vianet communication
Laxmi Bank

तेस्रो नम्बरमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । नेपालको शेयर बजारलाई विस्तारित गर्न सहयोग पु¥याएको त्यस कम्पनीको दोस्रो बजारमा कूल १० करोड कित्ता शेयर सूचीकृत छ । बिहीबारको कारोवारका आधारमा सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ५१५ मा खरिद बिक्री भए । सो कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५१ अर्ब ५० करोड बराबर रहेको छ ।

चौथो नम्बरमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंक छ । प्रतिकित्ता रु एक हजार १०९ पुगेको त्यस बैंकको दोस्रो बजारमा कूल १३ करोड ४८ लाख एक हजार ५८४ कित्ता शेयर सूचीकृत छ । बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख ५६ हजार ६५६ रहेको छ ।

बजार पूँजीकरणका आधारमा पाँचौँ नम्बरमा छ, नागरिक लगानी कोष । प्रतिकित्ता रु तीन हजार ४४६ पुगेको कोषको दोस्रो बजारमा दुई करोड ९९ लाख ९९ हजार ३१० कित्ता शेयर सूचीकृत छ । कोषको कूल बजार पूँजीकरण रु एक खर्ब तीन अर्ब ३७ करोड ७६ लाख २२ हजार २६० रहेको छ ।

नेप्सेका अनुसार छैटौँ नम्बरमा छ, एनआइसी एशिया बैंक । बिहीबारको कारोवारका आधारमा सो बैंकको शेयर प्रतिकित्ता रु ८८७  पुगेको छ । दोस्रो बजारमा कूूल ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत भएको त्यस बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब दुई अर्ब ५७ करोड २७ लाख २९ हजार ६७२ पुगेको छ ।

सातौँ नम्बरमा छ, नेपाल इन्भेस्टमेन्ट बैंक । वाणिज्य बैंक समूहको त्यस बैंक पनि लामो समयदेखि शीर्षस्थानमा रहँदै आएको छ । कूल १६ करोड १० लाख १३ हजार १८४ कित्ता शेयर सूचीकरण भएको सो बैंकको कूल बजार पूँजीकरण रु ७६ अर्ब ९६ करोड ४३ लाख एक हजार ९५२ रहेको छ । बजार पूँजीकरणका आधारमा ग्लोबल आइएमई बैंक आठौँ नम्बरमा छ । सो बैंकको कूल बजार पूँजीकरण रु ७१ अर्ब ८१ करोड ९९ लाख सात हजार ९६८ रहेको छ ।

यस्तै नवौँ नम्बरमा छ, एभरेष्ट बैंक । सो बैंकको रु ७१ अर्ब ५९ करोड ४४ लाख २० हजार २४० बराबरको बजार पूँजीकरण छ ।  नेप्सेका अनुसार १०औँ नम्बरमा छ, उत्पादनमूलक कम्पनीका तर्फबाट शिवम् सिमेन्ट । सो कम्पनीको कूल बजार पूँजीकरण रु ७१ अर्ब ५४ करोड ४० लाख बराबर रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x