यी हुन् अदुवा चियाका फाइदा

जब दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।
अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।


Advertisement

यसमा भएको भिटामिन, मिनरल्स तथा अमिनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।

अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।


Advertisement

मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।

महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्