मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फ पनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ ।
दुवैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले बताएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।
‘सुरुमा स्थानीयले अवरोध गर्ने चेतावनी दिएका थिए,’ उनले भने, ‘अहिले काठमाडौंतर्फ कुनै अवरोध छैन, काम अघि बढेको छ ।’ उनका अनुसार काठमाडौंतर्फ दुई सातापछि मात्र विस्फोटक पदार्थ प्रयोग गरिनेछ । त्यसअघि करिब ३० मिटर सुरुङ मेसिनबाट खनिने उनको भनाइ छ । धादिङतर्फ भने पुस ६ बाट नै सुरुङ खन्न थालिएको थियो । विस्फोटक पदार्थ भने पुस २३ बाट प्रयोग गर्न थालिएको छ । ‘धादिङतर्फ अहिले चौबिसै घण्टा काम हुने गरेको छ,’ उनले भने, ‘काठमाडौंतर्फ पनि यसरी नै काम गर्ने तयारी हुँदै छ ।’
उनका अनुसार अघिपछि काम नरोकिए पनि शनिबार एक दिन आयोजनाको काम बन्द हुने र कामदारलाई बिदा दिने गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका हुन् । शिलान्यास भएको १५ महिना भयो । ४२ महिनामा निर्माण सक्नुपर्ने भए पनि बल्ल सुरुङ छेड्ने काम हुँदै छ । अहिलेसम्म आयोजनामा कामको प्रगति त्यति देखिएको छैन । ‘निर्माण कम्पनीले १३ महिनामै सुरुङ छेड्ने काम सक्छौं भन्दै आएका छन्,’ थापाले भने, ‘यही हिसाबमा योजना बनाएर अघि बढे भने सकिन्छ, खन्ने क्रममा राम्रो चट्टान फेला पर्नेबित्तिकै एक पटकको विस्फोटमा करिब डेढदेखि दुई मिटर खनिन्छ ।’ उनका अनुसार दिनमा दुईदेखि तीन पटक विस्फोट गर्ने निर्माण कम्पनीको योजना छ ।
धादिङतर्फ भने आपत्कालीन उद्धार (स्केप्ट टनेल) सुरुङको कामअघि बढाइएको हो । मुख्य सुरुङको कामका लागि पोर्टल बनाएर खन्ने तयारी हुँदै छ । सुरुमा खोला तर्काउने, प्लेटफर्म सम्याउने, क्याम्प खडा गर्ने, मेसिन र विस्फोटक पदार्थ ल्याउने काम भयो । सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ लाग्ने अनुमान छ । अहिले भारतबाट तीन सय टन विस्फोटक पदार्थ ल्याइएको छ । थप विस्फोटक पदार्थ नेपाली सेनाकै लिने तयारी हुँदै छ ।
‘केही दिनमा सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ पनि प्रयोग गरेर हेर्नेछौं,’ थापाले भने, ‘राम्रो भए थप विस्फोटक पदार्थ भारतबाट ल्याइने छैन, सेनाकै प्रयोग गरिनेछ ।’ धादिङतिर मुआब्जाको समस्या नटुंग्याई ठेक्का गर्दा लामो समय काम अघि बढ्न सकेन । विस्फोटक पदार्थ ल्याउन पनि नेपाली सेनाबाट स्वीकृति लिन नौ महिना पर्खनुपर्यो । धादिङतिर अहिलेसम्म ३२ मिटर सुरुङ खनिसकिएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजना निर्देशक नरेशमान शाक्यले जानकारी दिए । ‘निर्माणमा चाहिने जति सबै मेसिनरी फिल्डमा छ,’ उनले भने, ‘काम धमाधम भइरहेको छ ।’
काठमाडौं र धादिङतर्फ दुईदुई स्थानमै काम गरिनेछ । ‘धादिङतर्फ सुरुङ खन्ने क्रममा ४५ मिटरमा पुगेपछि भित्रभित्रैबाट अर्को सुरुङतर्फ छिरेर काम गर्नेछन्,’ थापाले भने, ‘ग्रुपग्रुप भएर काम गरिनेछ ।’ अहिले ३ सय जना कामदारले काम गरिरहेका छन् । दुई वटा सुरुङ निर्माण गरिनेछ । एउटा सवारी ओहोरदोहोर गर्ने र अर्को आपत्कालीन उद्धारका लागि प्रयोग हुनेछ । अहिले धादिङतर्फ आपतकालीन उद्धार र काठमाडौंतर्फ मुख्य सुरुङ खन्ने काम थालिएको हो । काठमाडौं–बलम्बु क्षेत्रमा फ्लाई ओभर निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छैन । १२ रोपनी जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासनमार्फत टुंग्याउने काम हुँदै छ ।
२ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको रहेको उनको भनाइ छ । जसमा ६ अर्ब नेपाल सरकारको छ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्म साढे आठ किमि दूरी छ । सुरुङबाट आउँदा भने सवा ३ किमि मात्र दूरी पर्नेछ । कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...