×

NMB BANK
NIC ASIA

ब्राजिलका राष्ट्रपति बोल्जोनारोविरुद्ध मानवताविरुद्धको अपराधमा अनुसन्धान गर्न मुद्दा दायर

माघ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोलाई देशका आदिवासी नेताहरूले अमेजन वर्षावन नष्ट गरेको आरोपमा मानवताविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

देशका दुई शीर्ष आदिवासी नेताहरूले नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई बोल्जोनारोमाथि अनुसन्धान शुरू गर्न आग्रह गर्दै मुद्दा दर्ता गरेका छन् । उनीमाथि अभूतपूर्व रूपमा वातावरणीय क्षति, हत्या र उत्पीडनको आरोप छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कायापो आदिवासीहरूका नेता चीफ राओनी मेतुकतिरे र पाइतर सुरुइ आदिवासीहरूका चीफ आलमिर नारायामोगा सुरुइले शुक्रवार द हेगमा अनुसन्धानका लागि मुद्दा दर्ता गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

कोरोनाभाइरस महामारीका कारण अमेरिकापछि दोस्रो सबभन्दा बढी क्षति बेहोरेको ब्राजिलमा बोल्जोनारोप्रतिको समर्थन स्वाट्टै घटेको छ । दोस्रो लहर झनै कठोर बनेको अनि खोपहरूको अभाव रहेको अवस्थामा बोल्जोनारोको उग्रदक्षिणपन्थी सरकारप्रतिको धारणा नकारात्मक बन्दै गएको छ ।
 

Vianet communication
Laxmi Bank

बोल्जोनारो जनवरी २०१९ मा राष्ट्रपति बनेदेखि अमेजन वर्षावनको विनाश ह्वात्तै बढेर गएको भन्दै द हेगमा मुद्दा दर्ता गरिएको हो । 

वनविनाश वर्षको ३४.५ प्रतिशतले बढेको, विगत ११ वर्षमा आदिवासी नेताहरूको हत्या अत्यन्त उच्च स्तरमा रहेको र वातावरणीय निकायहरू कि त ध्वस्त भएको कि जोखिम बेहोरिरहेको मुद्दामा उल्लेख गरिएको छ । 

मुद्दा दायर गर्ने दुई आदिवासी नेताहरूले स्थानीय जनतालाई जबर्जस्ती अन्तै सार्ने र उत्पीडन गर्ने काम मानवताविरुद्धको अपराध भएको जिकिर गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x