फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
माघ ११, २०७७
उच्च शिर, हँसिलो अनुहार अनि शरीरमा कमब्याट ड्रेस– केही दिनयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएकी एक महिला सिपाहीको तस्वीर हो, यो ।
तस्वीरमा देखिएकी महिला सिपाही हुन्– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ की राधिका थापा ।
सैन्य तालिममा निकै चुनौतीपूर्ण मानिने 'प्रतिविद्रोह तथा जंगल युद्धकला' तालिम गर्ने पहिलो महिला सिपाही भएकाले पनि उनको चर्चा हुनु स्वाभाविकै थियो ।
उनीभन्दा अघि कुनै पनि महिला सैनिकले यो सौभाग्य प्राप्त गरेका थिएनन्, अथवा साहस देखाएका थिएनन् ।
*****
सामान्य परिवारमा जन्मिएकी राधिकाका बुवा कृषक हुन् ।
उनको परिवारमा सेनामा जागिर खाने कोही थिएनन् । सेना भन्नेबित्तिकै पुरुषको तस्वीर सम्झिने हाम्रो समाजमा महिला सिपाही हुनु आफैंमा पनि हिम्मतकै कुरा हो ।
त्यसो त पछिल्लो समय सेनामा महिलाको संख्या बढिरहेको छ । त्यसमा पनि यो निकै चुनौतीपूर्ण तालिमले उनलाई चर्चामा ल्याइदिएको छ ।
‘यो तालिम अहिलेसम्म कुनै पनि महिला सैनिकले गरेका छैनन्, म पहिलो हो,’ राधिकाले लोकान्तरसँग भनिन् ।
राधिका विगत ८ वर्षदेखि प्रतिविद्रोह तथा जंगल वार फेयर शिक्षालयमा कार्यरत छिन् ।
तालिम सम्पन्न गरेर फर्किने सैनिकहरूले उनलाई त्यहाँको अनुभव सुनाउँदा रहेछन् । उनको मनमा पनि भित्रभित्रै उक्त तालिम गर्ने इच्छा पलाउँदै गयो ।
‘यसभन्दा अगाडि पुरुष सैनिकहरूले तालिम गरिरहेको देख्दै आएकी थिएँ । त्यसले गर्दा महिलाले पनि गर्न सकिन्छ भन्ने लाग्थ्यो । शारीरिक अवस्थाले अप्ठ्यारो हुन्छ कि भन्ने त थियो, तर तालिम गर्न सक्छु भन्ने आँट आयो,’ उनले लोकान्तरसँग भनिन् ।
उनले यो कुरा साथीहरूलाई पनि सुनाइछन् । साथीहरूले ‘सक्छौ भने गर न त’ भनेर हौसला दिएको उनले जानकारी दिइन् ।
त्यसपछि उनले परिवारसँग राय मागिन् ।
उनको विवाह संगठनभित्रै भएको छ । धादिङ स्थायी घर भएका सैनिक राजेन्द्र अधिकारीसँग उनको ४ वर्ष अगाडि विवाह भएको थियो ।
श्रीमान पनि सैनिक भएकाले राधिकाले सहजै अनुमति पाइन् ।
सासूससुराले पनि उनलाई तालिमका लागि अनुमति दिए ।
‘परिवार, साथीभाइ र श्रीमान्को हौसलाले यो अप्ठ्यारो अभ्यास गर्न शारीरिक तथा मानसिकरूपमा तयार भैसकेको थिएँ,’ राधिकाले लोकान्तरसँग भनिन्, ‘अहिलेसम्म महिला सहभागी भएका छैनन् भन्दा कताकता डर लागेको थियो, तर उत्सुक चाहिँ थिएँ ।’
अन्ततः २०७७ कात्तिक १८ गतेबाट शुरू भएको तालिममा उनी सहभागी भएरै छाडिन् ।
तालिमका दौरान सबैभन्दा गाह्रो टास्क ४ दिनसम्म कुनै खानेकुरा नलिई जंगलमा हिँड्नुपर्ने थियो । रित्तै हिँड्ने होइन, पिठ्युँमा भारी पनि हुन्छ ।
एफओएमओ ड्रेस (तालिममा लगाउने विशेष पोशाक) बोकेर हिँड्नुपर्ने हुन्छ ।
उनले ४ दिनको दिनरात विना खाना जंगलमा भेटिएका जडिबुटी, भ्यागुता, सर्प, गंगटा र झारपात खाँदै हिँडेको अनुभव सुनाइन् ।
‘यसका अलावा चुरे नेभिगेसन (चुरेको जंगलमा गर्ने अभ्यास) तराई नेभिगेसन ( तराईका जंगलमा गर्ने अभ्यास) धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।
जंगलमा २१ किलोमिटर दौड पनि हुन्छ । जंगलमा भएका कन्दमुल खाँदै एउटा सानो ग्रुपमा रहेर तालिम गर्नुपर्ने हुन्छ ।
सबैले एकअर्कालाई सहयोग गरेन भने अभ्यास गर्न नसकिने राधिकाले बताइन् ।
‘अभ्यासका क्रममा एकचोटी त गर्न सक्दिनँ फर्किन्छु भन्ने भएको थियो तर पछि हिम्मत हारिनँ,’ राधिकाले आफ्नो अनुभव सुनाइन्, ‘१२ महिनाको सैन्य तालिमभन्दा पनि यो ३ महिनाको जंगल युद्ध तालिम निकै गाह्रो हुँदो रहेछ ।’
अभ्यास गर्दा जंगलमा गोरेटो बाटोसम्म भेटिन्न । भीरपाखा, खोला–खोल्सा हुँदै तोकिएको ठाउँमा समयमै पुग्नुपर्ने उनले बताइन् ।
जंगलमा हुने बाघ, भालु, हात्ती, जीवजन्तुसँग पौँठेजोरी खेल्दै, काँडैकाँडाका घारीमा आफ्नो बाटो बनाउँदै अभ्यास गरेको अनुभव उनले सुनाइन् ।
‘अभ्यास यस्तोसम्म हुन्छ सञ्चारको माध्यम व्यक्तिसँग समेत सम्पर्क गर्न पाइँदैन, उनले भनिन्, ‘यो अभ्यासमा आफूलाई चाहिने चिज सबै जंगलमै खोज्नुपर्छ ।’
एउटा जंगलबाट अर्को जंगलमा शिफ्ट हुँदा उनले हेलिकप्टरबाट ‘जम्प’ पनि गरिन् ।
*****
भर्खर ३ वर्ष पुग्न लागेकी छोरीलाई छाडेर लिएको तालिम सफलतापूर्वक सम्पन्न गर्दा उनी निकै खुशी छिन् ।
‘महिलाले पनि अप्ठ्यारो अभ्यास गर्न सक्छन् भन्ने प्रमाणित गरेकी छु । यसले अन्य महिला सैनिकलाई पनि हौसला मिल्छ भन्ने मेरो विश्वास छ,’ राधिकाले खुशी हुँदै लोकान्तरसँग आफ्नो अनुभव सुनाइन् ।
तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, जंगल सर्भाइभल टेक्निक तथा सर्पदंश व्यवस्थापनलगायत विभिन्न सैन्य सीप सिकेको उनले बताइन् ।
जंगल युद्धकलाको तालिम गर्ने राधिका पहिलो महिला सैनिक भए पनि अन्य महिलाले पनि अरू अप्ठ्यारा टास्क पूरा गरेको पाइन्छ ।
यस्ता महिला सैनिकको संख्या ७ रहेको सेनाको तथ्यांक छ ।
२०२६ सालमा प्राविधिक सहायक सेनानी अन्नपूर्ण कुँवरले प्यारा जम्प गरेकी थिइन् ।
महिला सैनिक परिचारिकाहरूसहित यूएन आइफिलमा सहभागी हुने पहिलो महिला उपसेनानी डा. सरिता केसी, यूएन मिसनमा मिलिटरी लियाजोन अफिसरको रूपमा सहभागी हुने सहसेनानी कृति राज भण्डारी, पहिलो महिला युनिट गोरखाली गुल्मको गुल्मपति सेनानी श्रृष्टि खड्का, युनाइटेड नेसन्स डिसइंगेजमेन्ट अब्जर्भर सेनानी गीता गुरुङ, सैनिक कमान्ड तथा स्टाफ तालिम गर्ने पहिलो महिला सेनानी सुलोचना पौडेल पनि सैन्य इतिहासमा साहसी महिलाभित्र पर्छन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...