×

NMB BANK
NIC ASIA

‘तिकडम गरेर मै शासन गर्छु भनेको छैन, कसले राम्रो गरेको रैछ ? अब चुनावमा मूल्यांकन हुन्छ’

माघ ११, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेच तथा तिकडम गरेर आफू सत्तामा बस्ने कुरा नगरेको बताएका छन् ।

Muktinath Bank

उनले वैशाख १७ र २७ गते निर्वाचन हुने दोहोर्‍याउँदै देशविरोधी तत्वलाई परास्त गर्न आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल नेत्रहीन संघले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बहुमतको सरकार तोडेर जोरजामको सरकार बनाएर स्थिरताको कुरा गर्नेहरू लोकतन्त्र विरोधी भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रतिनिधिसभा विघटन भयो भनेर कराउने ती मान्छे संविधान, लोकतन्त्र, जनविरोधी मान्छेहरू हुन् । देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने ? सांसदहरूले ५ वर्ष नै जागिर खानुपर्ने, यो स्थायी जागिर हो ?’ ओलीले भने, ‘अरुको लागि अरुको इशारामा काम गर्ने भएपछि, स्थिरता भत्काएर अस्थिरता निम्ताएपछि ताजा जनादेशमा जानुको विकल्प थिए ?’

Vianet communication
Laxmi Bank

३ वर्षको अवधिमा कुन सांसदले कस्तो काम गरे, त्यसको मूल्यांकन गर्ने समय आएको बताए । ‘मैले आफ्नो हातमा शासन लिएको भए तानाशाही हुन्थ्यो, तपाईंहरूले फैसला गर्नुस् भन्दा तानाशाह भए ? किनबेच र तिकडम गरेर मै शासनमा बस्छु भनेको छैन । मेरो काम के भयो तपाईंहरूले मूल्यांकन गर्नुस् भनेको छु,’ ओलीले भने, ‘वैशाख १७ र २७ को निर्वाचनबाट देशको अहितमा काम गर्ने देशविरोधीलाई तह लगाउने बेला हो । अलमलमा नपर्नुस् चुनाव हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x