देशभर एकैपटक धेरै संख्यामा सरकारी जागिर खुल्यो, ४७ हजार व्यक्तिलाई अवसर [पूर्णपाठसहित]

देशभर एकैपटक ४७ हजार व्यक्तिलाई सरकारी रोजगारीको अवसर खुलेको छ ।

राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकलाई करारमा नियुक्त गर्न भर्ना आह्वान गरेको छ ।


Advertisement

विभागले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै माघ ११ गतेदेखि चैत ११ गतेसम्म अनलाइनबाट दरखास्त फाराम भर्न सकिने जनाएको छ ।

चैत १ गतेपछि प्रदेश तथा जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले चैत ५ गतेदेखि चैत ११ गतेसम्म ७ दिन दरखास्त फाराम कार्यालयमा समेत बुझाउन सकिने छ ।


Advertisement

दरखास्त फाराम भर्दा कुनै शुल्क नलाग्ने विभागले जनाएको छ । सुपरीवेक्षक र गणक दुवै पदमा दरखास्त दिनेहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने तर कुनै एक पदका लागि मात्रै भर्ना गरिने विभागले जनाएको छ । गणक पदका लागि प्रविणत प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भए पनि पुग्ने जनाइएको छ ।

नेपाली भाषाका अतिरिक्त स्थानीय भाषा बोल्ने, बुझ्ने र अरुलाई बुझाउन सक्ने व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ ।

पढ्नुहोस् प्रेस विज्ञप्तिको पूर्णपाठ –

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्