×

NMB BANK
NIC ASIA

ओलीलाई नेकपा साधारण सदस्यबाट निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

माघ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट पनि निष्कासन गरेको छ ।

Muktinath Bank

प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पार्टी हित विपरीतको काम गरेको तथा प्रतिनिधिसभा विघटन गरेकाले ओलीलाई अनुशासनको कारवाही गरिएको प्रचण्ड–नेपाल समूहले दावी गरेको छ । 

Vianet communication
Laxmi Bank

यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी महासचिव विष्णु पौडेललाई समेत कारवाही गर्ने निर्णय गरेको थियो ।
 
पार्टी हित विपरीतको काम गरेको भन्दै नेकपाको ओली समूहले प्रचण्डलाई दिइएको कार्यकारी अधिकार खोसेको थियो । ओली समूहले भने नारायणकाजी श्रेष्ठलाई दिएको प्रवक्ताको जिम्मेवारी खोसे पनि प्रचण्डलाई कारवाही गरेको छैन । 

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल समूहले ओलीसँग स्पष्टीकरण मागेसँगै नेकपा विभाजनको प्रक्रिया शुरू भएको थियो । आधिकारिकता दाबी गर्दै दुवै पक्ष निर्वाचन आयोग पुगे पनि आयोगले कुनै निर्णय गरेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x