×

NMB BANK
NIC ASIA

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च, मस्यौदा र अध्ययनमै बित्यो एक वर्ष

माघ १२, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels
Marvel

वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज कार्यालयले एक वर्षको अवधिमा कानुनको मस्यौदा तयार पार्ने र अध्ययन गर्ने काम मात्र गरेको हो । कार्यालयले वित्तीय प्रगतिसमेत राम्रो देखाउन सकेको छैन ।

Muktinath Bank

आर्थिक वर्ष २०७६÷७७ मा पानीजहाज कार्यालयको कुल विनियोजित रकम ७ करोड ६३ ला २६ हजार रहेकामा १ करोड ७८ लाख मात्र खर्च गरेको छ । सो रकम विनियोजित वार्षिक रकमको २३ प्रतिशत वित्तीय प्रगति रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानीजहाज कार्यालयले वर्षभरिका मुख्य उपलब्धिका रूपमा कानुनको मस्यौदा तयार गर्ने अध्ययन गर्नेलाई लिएको छ । मन्त्रालयको वार्षिक प्रगति विवरणअनुसार कार्यालयले मुख्य उपलब्धिका रूपमा नेपाली पानीजहाज (सञ्चाल तथा व्यवस्थापन) सम्बन्धी ऐन २०७६ को मस्यौदा तयार भई स्वीकृतिको क्रममा रहेको र कर्णाली, नारायणी, कालीगण्डकी र कोसीमा जलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि आवश्यक कार्य अघि बढाएको उल्लेख गरेको छ । कार्यालयले कानुनको मस्यौदा निर्माण, अध्ययन तथा प्रशासनिक काममा १ करोड ७८ लाख खर्च गरेको हो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक भाषणमा पानीजहाजको विषय उठाएपछि उनको आलोचना भएको थियो । त्यसपछि विपक्षीलाई उनले १६ पुस २०७४ का दिन पानीजहाज चढ्न निम्तोसमेत दिएका थिए ।

Vianet communication
Laxmi Bank

सरकारले पानीजहाजसम्बन्धी काम गर्न २०७५ माघमा पानीजहाज कार्यालयसमेत खोलेको थियो । सरकारका तत्कालीन प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कार्यालय खोल्ने निर्णय सुनाउँदै अब कागजको होइन, साँच्चिकै नेपाली पानीजहाज कार्यालय खोल्ने निर्णय भएको जनाएका थिए ।

सरकारले आगामी तीन वर्षमा आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक समुद्रसम्म चलाउने नीतिसमेत लिएको छ । आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानुनी व्यवस्था गरिने उल्लेख छ । बजेटमा पनि उक्त विषय उल्लेख गरिएको छ ।

सरकारले पानीजहाज सञ्चालनका लागि नेपाली पानीजहाज दर्ता नियमावली, २०२८ लाई २०७६ कात्तिकमा संशोधन गर्ने कार्य भने गरेको छ । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x