×

NMB BANK
NIC ASIA

पत्रपत्रिका पहिलो पेज

नेकपा कानुनीरुपमा विभाजित हुने प्रक्रिया थप लम्बियो, अबको विकल्प के ?

नेपाल–चीन व्यापारमा अवरोध

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सोमबार काठमाडौंबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिकले निर्वाचन आयोगले नेकपा विवादका सन्दर्भमा गरेको निर्णयलाई पहिलो पेजमा प्रमुखताका साथ छापेका छन् । आयोगको आइतबारको निर्णयअनुसार नेकपाको दुबै पक्षलाई दल विभाजनको आधिकारिकता दिन अस्वीकार गरिएको छ । यसबारे नयाँ पत्रिका दैनिकले ‘आयोगको अनिर्णय’ शीर्षकमा समाचार छापेको छ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया थप लम्बिएको समाचारमा भनिएको छ ।

Muktinath Bank

दुवै समूहका पदाधिकारीले एक–अर्कालाई गरेको कारबाहीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । त्यसो त दुवै समूहले पार्टी विभाजनको दाबी गरेका छैनन्, एक–अर्का समूहका नेतालाई कारबाही गरेको भन्दै त्यसको जानकारी मात्र आयोगलाई दिएका छन् । प्रचण्ड–नेपाल समूहले केपी ओलीलाई पार्टी अध्यक्षबाट बर्खास्त गरेको छ । त्यस्तै , ओली समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको  कार्यकारी अधिकार रद्द गरेको जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही विषयमा कान्तिपुर दैनिकले आयोगले पुस ५ यताका छुट्टाछुट्टै बैठक र निर्णयहरु अवैधानिक ठहर गरेको उल्लेख गरेको छ । समाचारमा अबका विकल्पका रुपमा आयोगको निर्णयविरुद्ध कुनै पक्ष अदालत जाने वा दलको आधिकारिकता दावी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३÷४४ को प्रक्रियामा अघि बढ्ने रहेको समाचारमा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

नागरिक दैनिकले पार्टी आधिकारिकता दावीका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार निवेदन दिनुपर्नेमा दुबै पक्षले ऐनको दफा ५१ बमोजिम अभिलेखीकरणको लागि मात्र पत्राचार गरेपछि आयोगले नेकपाको विवाद आधिकारिकताको विवाद नभएको निष्कर्षमा पुगेको उल्लेख गरेको छ ।
यसबाहेक नागरिक दैनिकले नेकपा दुई समूहका विभाजित भएपछि प्रचण्ड नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको खबर छापेको छ । आइतबार बसेको सो समूहको स्थायी समिति बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको हो ।

Vianet communication
Laxmi Bank

प्रचण्ड–नेपाल समूहको माघ २ गते बसेको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बालुवाटारमा बुझाइएको थियो । तर त्यसको जबाफ नदिएको भन्दै ओलीलाई आइतबार कारबाही भएको हो ।
नागरिकमा नै राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालयबाट जारी सूचनाको आधिकारिकता बारे सर्वोच्च अदालतमा प्रश्न उठाइएको खबर छापेको छ । जारी सुनुवाइका क्रममा आइतबार

राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताबारे प्रश्न उठाइएको हो । नेकपा प्रमुख सचेतक देवगुरुङलगायतका ४ सांसदले इजलासमा निवेदन पेश गरी सूचना आधिकारिक भए नभएको विषयमा प्रश्न उठाएका हुन् । यसअघि राजपत्रको सूचना खोजिएपछि सरकारले हतारहतार सूचना छापेको थियो । यस्तै प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको अपमान गरेको भन्दै ‘ओलीको अहंकार वरिष्ठ अधिवक्ताको अपमान’ शीर्षकमा समाचार छापेको छ ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री विरुद्ध अवहेलनाको निवेदन परेको खबर छापेको छ ।
नयाँ पत्रिका दैनिकले पनि प्रधानमन्त्रीले भण्डारीप्रति गरेको अपमानको विरोधमा बार र बारका पूर्व अध्यक्षहरुले विरोध गरेकोसम्बन्धी समाचारलाई पहिलो पेजमा स्थान दिएको छ । यस्तै कोभिडविरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुने र सबै प्रदेशमा ‘एयर लिफ्टिङ’ को व्यवस्था गर्न र विज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटाउन माग गरिएको खबर पनि छापिएको छ ।

म्यानपावर कम्पनीसँगको मिलेमतोमा कतारी प्रतिनिधिले अवैध रुपमा अन्तरवार्ता लिइ छानेका युवालाई श्रमस्वीकृति नपाएपछि भारत हुँदै कतार लैजान थालेको कान्तिपुर दैनिकले खबर छापेको छ । यस विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल भन्छन्–श्रम सम्झौता उलंघन भयो, कतारले नेपाललाई हेप्यो ।

कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रुपमा १७९ युवालाई लगेको थियो । दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३०० युवालाई लैजान अवैध अन्तरवार्ता लिएको थियो ।
सरकारी अखबार गोरखापत्रले अधिकांश औपचारिक समाचारहरूलाई मुख्य समाचार बनाएको छ । प्रधानमन्त्रीको भाषण, जनगणनाका लागि कर्मचारी करारमा लिन लागिएको, राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटन सम्बन्धी सूचनामा भएको वादविवाद, खोप अभियान माघ १४ देखि सुरु हुन लागेकोलगायतका औपचारिक समाचार गोरखापत्रमा छापिएको छ । यस्तै काठमाडौं तराई मधेस दूतमार्गमा अप्टिकल फाइबर बिछाउन सोको डिजाइन कार्य तथा डीपीआर निर्माण सुरु भएको खबर गोरखापत्रमा छापिएको छ ।

यसैगरी अन्नपूर्ण पोस्टले ‘नेपाल चीन व्यापारमा अवरोध’ शीर्षकमा समाचार छापेको छ । २०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यातको व्यापार गरिरहेको भएपनि नेपालको हकमा ‘शून्य कोभिड’ को नीति अबलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सिमापार बाणिज्य महांघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन् । प्रहरी सेवामा आकर्षण घटेको, ९८ प्रतिशत कोरोना संक्रमित निको भएकोलगायतका समाचार पनि अन्नपूर्ण पोस्टमै छापिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x