×

NMB BANK
NIC ASIA

पहिलो चरणमा क-कसले पाउँछन् कोरोना विरुद्धको खोप ?

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयका अनुसार फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक/सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वयंसेविका र वृद्धाश्रमको हेरचाहमा खटिने व्यक्तिलाई खोप दिन लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने गरी काम तीव्र भइरहेको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने । खोपको ढुवानी आइतबारदेखि सुरु भएको स्वास्थ्य सेवा विभागका आपूर्ति महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए । खोप लगाउनेमध्ये कुन समूहका कति छन् भन्ने यकिन विवरण भने सार्वजनिक भएको छैन । स्वास्थ्यमन्त्री त्रिपाठीले खोप लगाउने व्यक्तिको विवरण खोप केन्द्रमा सार्वजनिक गरिने बताए ।


Advertisment
Nabil box
Kumari

विभागले आइतबार तीन वटा गाडीमार्फत प्रदेशमा खोप पठाएको हो । एउटामा प्रदेश १, दुई र वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुलीका लागि खोप पठाइएको विभागले जनाएको छ । अर्को गाडीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाइएको छ । पोखराका लागि छुट्टै गाडीमा पठाइएको विभागले जनाएको छ । ‘सबै प्रदेशमा सोमबारसम्म खोप पुगिसक्छ,’ तिंकरीले भने । खोप बोक्ने गाडीको निगरानी गर्न जीपीएस जडान गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘खोप बोकेर गएको गाडी कुन बेला कहाँ पुग्यो ? उसको गति कति छ भन्ने काठमाडौंबाटै निगरानी गरिरहेका छौं,’ एक प्राविधिकले भने । प्रदेशले हरेक जिल्लालाई आवश्यक पर्ने खोप वितरण गर्नेछ । वाग्मतीका काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा र धादिङमा सोमबारसम्म खोप ढुवानी भइसक्ने उनले बताए । भक्तपुरमा आइतबार नै चार हजारभन्दा बढी डोज खोप पठाइसकेको छ ।

विभागले यसअघि संकलन गरेको तथ्यांकअनुसार स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा खटिने, एम्बुलेन्स चालक र कर्मचारी गरी २ लाख १८ हजार ६ सय ९० जना खोप लगाउनेको सूची छ । जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्थानीय तह, अस्पताल, अन्य संस्थाबाट संकलन गरिएको तथ्यांकका आधारमा खोप दिने व्यक्ति पहिचान गरिएको हो । खोप लगाउनेमा काठमाडौंमा सबैभन्दा धेरै ३१ हजार ७ सय १९ जना छन् ।

सबैभन्दा कम मुगुमा ९४ जना छन् । प्रदेशअनुसार सबैभन्दा बढी वाग्मतीमा ६३ हजार ३ सय ६० को नाम खोप लगाउने सूचीमा समावेश छ । त्यस्तै प्रदेश १ मा ३५ हजार ५ सय ७६, प्रदेश २ मा ३४ हजार ८ सय चार, गण्डकीमा १७ हजार ६ सय ३०, लुम्बिनीमा ३९ हजार ४ सय ९५, कर्णालीमा ११ हजार ५ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १६ हजार २ सय ९३ जनाको नाम सूचीमा उल्लेख छ ।

खोप लगाउने सरकारी स्वास्थ्यकर्मी ५० हजार २ सय ८ जना छन् । सरकारी स्वास्थ्य संस्थामै कार्यरत कर्मचारी, एम्बुलेन्स चालक ७ हजार २ सय ७९ जना छन् । निजी स्वास्थ्य संस्थामा ५५ हजार ६ जनालाई खोप लगाउने सूची बनेको छ । त्यस्तै वडास्तरका महिला स्वयंसेविका ४४ हजार २ सय ७७ जना रहेको विभागले जनाएको छ । सरसफाइतर्फ ६ हजार ८ सय ११ जनाको विवरण संकलन भएको छ ।

‘यो तथ्यांक अधुरो हुन सक्छ । अग्रपंक्तिमा कार्यरत सबै स्वास्थ्यकर्मी, सफाइकर्मीसहित ३ लाखभन्दा बढी हुनुपर्ने हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘पूर्ण विवरण अन्तिम चरणमा पुगेको छ ।’ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार खोप कार्डसमेत वितरण गर्न सकिन्छ ।

खोप लगाउनेको व्यक्तिगत विवरण अनलाइन भर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । विवरणमा खोप लगाउने व्यक्तिको नाम, उमेर, ठेगाना, कार्यरत कार्यालय, काम गरेको अवधि र नागरिकता नम्बरसमेत उल्लेख गर्नुपर्ने हुन्छ । ‘पछिल्लो पटक संकलन भएको विवरणले खोप लगाउनेको यकिन तथ्यांक आउन सक्छ,’ डा. पोखरेलले भने । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x