राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालयबाट जारी सूचनाको आधिकारिकताबारे सर्वोच्च अदालतमा प्रश्न उठाइएको खबर नागरिक दैनिकले छापेको छ । जारी सुनुवाइका क्रममा आइतबार राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताबारे प्रश्न उठाइएको हो ।
नेकपा प्रमुख सचेतक देवगुरुङलगायतका ४ सांसदले इजलासमा निवेदन पेश गरी सूचना आधिकारिक भए नभएको विषयमा प्रश्न उठाएका हुन् । यसअघि राजपत्रको सूचना खोजिएपछि सरकारले हतारहतार सूचना छापेको थियो । यस्तै प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको अपमान गरेको भन्दै ‘ओलीको अहंकार वरिष्ठ अधिवक्ताको अपमान’ शीर्षकमा समाचार छापेको छ ।
छापाबाट