कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

 

कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायतका वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेपुटी चिफ मेडिकल अफिसर पनि रहेका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएकोमा जोड दिए ।


Advertisement

उनले खोपले आशा जगाएको तर संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताउँदै भने– ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन ।’ खोप लगाएको दुईदेखि तीन हप्तासम्ममा भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहनेमा उनले जोड दिए ।

वृद्ध मानिसहरूमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन हप्ताको समय दिँदा उत्तम हुने उनले बताए । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत अरूलाई कोभिड–१९ सर्न सक्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ।’ –प्राध्यापक भ्यान टामले भने । नेपाल समाचारपत्रमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्