तीन मुख्य न्यायाधीश नियुक्त, सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त

न्याय  परिषद्ले  उच्च  अदालतमा  तीन  जना  मुख्य  न्यायाधीश  नियुक्ति  तथा   पदस्थापन   गरेको   छ   ।   परिषद्को  आइतबारको  बैठकले  बहालवाला  सर्वोच्च  अदालतका  मुख्य  रजिस्टार  नृपध्वज  निरौला  र  उच्च  अदालतका  बहालवाला  दुई   न्यायाधीशलाई     मुख्य     न्यायाधीशमा    नियुक्त    गरेको    हो  ।

 निरौला  मुख्य  न्यायाधीशमा  नियुक्त  भएसँगै  सर्वोच्चको  मुख्य  रजिस्टार पद रिक्त भएको छ । न्याय  परिषद्का  प्रवक्ता  मानबहादुर  कार्कीले  मुख्य  न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिए ।
 कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको  मुख्य  न्यायाधीशमा  पदस्थापन गरिएको छ । यस्तै  उच्च  अदालत  जनकपुरमा  कायम  मुकायम  मुख्य  न्यायाधीशमा  कार्यरत  प्रकाशचन्द्र गजुरेललाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ ।


Advertisement

गजुरेललाई जनकपुरमै पदस्थापन गरिएको  छ  ।  उच्च  अदालत  तुल्सीपुरमा  कायम  मुकायम  मुख्य  न्यायाधीश  रहेकी  नीता  गौतम  दीक्षितलाई  मुख्य  न्यायाधीशमा  नियुक्त  गरिएको  छ  ।  दीक्षितलाई  पनि  तुल्सीपुरमै  पदस्थापन गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।   

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्