नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १० वटा बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भएका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई आरटीजीएस प्रणालीमा आवद्ध गराएको हो ।
ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्टआरटीजीएस प्रणालीमा थपिएका छन् ।
यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्टआरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।
आरटीजीएस प्रणाली मार्फत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।
ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
लोकान्तर संवाददाता