भारतको गुजरात राज्यमा रहेको सुरतमा ६३ वर्षीय एक वृद्धलाई मुटुरोग, मधुमेह र अन्य रोगको कुनै पीर छैन ।
पीर छ त बस उनीभन्दा २१ वर्ष कान्छी पत्नी सहवास गर्दिनन् भन्ने ।
गत भदौमा मानिसहरू कोरोनाभाइरसको उपचारका लागि हाहाकार गरिरहेको बेलामा अय्युब देगिया नामक व्यक्ति दिलोज्यान लगाएर सातौं पत्नीको खोजी गरिरहेका थिए । त्यतिखेर उनको छैटौं विवाह भएको पाँच महिना मात्र भएको थियो तर पत्नीले सहवास गर्न मानेकी थिइनन् ।
देगिया कापलेथा गाउँका धनी जमिनदार हुन् । उनले सेप्टेम्बर महिनामा छैटौंपटक विवाह गरेका थिएर तर डिसेम्बर महिनामा पत्नीसँग छुट्टिए ।
‘
ऊ मलाई आफूसँग सुत्न दिँदैनथिई । संक्रमण हुन्छ भनी गुनासो गरिरहन्थी । मलाई मुटुरोग, मधुमेह र अन्य रोगहरू लागेको छ । मसँग सम्बन्ध बनाउने पत्नी मलाई चाहिएको छ,’ देगियाले द टाइमस अफ इन्डिया पत्रिकालाई बताए ।
देगियाकी पहिली पत्नी त्यही गाउँमा छिन् । उनका पाँच सन्तान छन् ।
सेप्टेम्बर महिनामा विवाह गरेकी महिलाले देगियाको विगतको जाँचबुझ गर्दा आफू उनकी छैटौं पत्नी भएको थाहा पाइन् । त्यसपछि उनले पतिविरुद्ध महिला प्रहरी चौकीमा उजुरी गरिन् । वृद्ध देगियालाई विवाहित धारा ४९८क अन्तर्गत महिलाप्रतिको क्रूरता अपराधको आरोप लगाइएको छ ।
महिलाका वकिल चन्द्रेश जोबनपुत्रले देगियालाई पहिलेका पत्नीहरूसँग किन छुट्टिएको भनी सोध्दा सन्तोषजनक उत्तर दिन नसकेको बताए ।
महिला प्रहरी चौकीमा अनुसन्धान अधिकृत अस्मिता पारगीले बताइन्, ‘शारीरिक माग पूरा गर्न नसकेकाले ती महिलासँग नबस्ने देगिया बताइरहेका छन् । सबै सरोकारवालाको बयान दर्ज गरेपछि थप कारवाही गरिनेछ ।’
एजेन्सी