×

NMB BANK
NIC ASIA

राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता माघ २७ गतेदेखि हुने

माघ १२, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

टाइगर ग्रूप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले खेलका लागि महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी कूल ८ टोलीको सहभागिता रहने बताए ।


Advertisment
Nabil box
Kumari

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौं र न्यू डायमन्डको सहभागिता रहनेछ । यसैगरी पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौं र गण्डकी प्रदेशको सहभागिता रहने जनाइएको छ । 

Vianet communication
Laxmi Bank

प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टोलीले समान १ लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार तथा तृतीयले २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सान्त्वना पुरस्कार पनि महिला तथा पुरुष खेलाडीले १५/१५ हजार रुपैयाँका दरले प्राप्त गर्नेछन् । 

उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने भएको छ । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १०० तोकिएको छ भने सेमिफाइनलका लागि १५० र फाइनल खेलका लागि २०० रुपैयाँ तोकिएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x