नागरिक आन्दोलन प्रहरी हस्तक्षेप प्रकरणः यी हुन् घाइते, निर्गराज जैसी बेहोस (नामावली)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको मार्चपासमा प्रहरी दमन हुँदा एक दर्जन बढी नागरिक घाइते भएका छन् । बृहत नागरिक अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमा  प्रदर्शनमा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते उल्लेख गरिएको छ ।  घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला,

सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ ।
यस्तै गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । जैसीको होस अहिलेसम्म खुल्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका विभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास पुग्दै लाग्दा प्रहरी हस्तक्षेप भएको थियो ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्