अक्सफोर्ड विश्वविदालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ ।
एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वल्र्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताए ।
“कोभिड–१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रित व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो,” उनले भने । “विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।”
एजेन्सी