×

NMB BANK
NIC ASIA

नेकपा फेरि मिल्ने ठाउँ बाँकी छ ? प्रचण्डलाई स्वागत गर्न ओली तयार

माघ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन प्रचण्ड–नेपाल समूहलाई आग्रह गरेका छन् ।

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा सोमवार देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाटो बिराएकाहरू सच्चिएर आउने आशाकै कारण आफूले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड–नेपाललाई इंगित गर्दै उनले भने, ‘तपाईंहरू आफूले गरेका गल्ती कमजोरी सच्चाएर आउनुस्, फेरि एकजुट भएर सँगै अघि बढांै ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले नेकपा नफुटेको र बाटो बिराएकाहरू गल्ती स्वीकार गरी फर्किने हो भने आफूहरू स्वागत गर्न तयार रहेको बताए ।

Vianet communication
Laxmi Bank

हिजोसँगै काम गरेकाहरूले पनि अहिले केपी ओली यो पृथ्वीमा नरहे हुन्थ्यो भन्ने चाहना राखेको गुनासो गर्दै उनले कसैले चाहँदैमा त्यस प्रकारको अमानवीय चाहना र सपना पूरा नहुने बताए । ओलीले आफूले शान्ति, समृद्धि, स्थायित्व र सुशासनका लागि पार्टी एकीकरण गरेको चर्चा गर्दै झगडा गरेर सडक आन्दोलनमा जान एकता नगरिएको स्पष्ट पारे ।

‘देशले अग्रगमन चाहेको छ, शान्ति चाहेको छ । जनताले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् र उनीहरूले असल अविभावक खोजेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यही कुराका लागि हामी अघि बढ्यौं तर त्यो देख्न नचाहने र जनताका लागि राम्रो काम गरेको हेर्न नसक्नेले हाम्रा विरुद्ध गुटबन्दी गर्दै अघि बढे तर उनीहरू असफल हुने निश्चित छ ।’

आन्दोलनका नाममा निर्वाचन आयोग र अदालतलाई धम्काउनु अलोकतान्त्रिक चरित्र भएको बताउँदै प्रधानमन्त्री ओलीले सडकमा तिघ्रा बजारेर उफ्रँदैमा कसैको गलत मनसाय पूरा हुन नसक्ने बताए । आफूले संविधानमा भएको अधिकारलाई प्रयोग गरेर संसद् विघटन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले तोकिएकै मिति र समयमा निर्वाचन हुनेमा ढुक्क रहन आश्वस्त पारे ।

‘२०७८ साल १७ वैशाखमा शुक्रबारका दिन पहिलो चरणको चुनाव हुन्छ । तपाईंहरू जनताको घरघरमा गएर प्रचारप्रसार गर्नुस् । पार्टीलाई जिताउने गरी लाग्नुस्,’ ओलीले भने । उनले शान्तिपूर्ण तथा भयरहित वातावरणमा र निष्पक्ष तवरले चुनाव गराउन र त्यसको तयारीमा जुट्न सुरक्षाकर्मी र कर्मचारीलाई पनि आग्रह गरे ।

देशमा अब कोही पनि भोक र रोगले नमर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले एकैदिन ३०९ स्थानीय तहमा अस्पताल शिलान्यास गरेर सरकारले असाधारण काम गरेको बताए । ‘कुनै पनि देशले यति धेरै संख्यामा एकैपटक शिलान्यास गर्दैन । स्वास्थ्य क्षेत्रमा यो ठूलो क्रान्ति हो । यो असाधारण रेकर्ड हो,’ ओलीले भने, ‘हामी काममा अघि बढ्यौं, ऐतिहासिक धरहरा बनाएका छौं ।’

ओलीले सरकारले ऐतिहासिक रानीपोखरी, भक्तपुर स्क्वायर, पाटन स्क्वायर, धरहरा लगायतका धरोहरको पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको बताए । देशलाई अब धान, गहुँ, मकै, अण्डामा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरणमा जोड दिएको बताउँदै ओलीले अबका केही वर्षमा मुलुकबाट गरिबी हटाउने अभियान थालिने र सो अभियान सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दाङलाई औद्योगिक जिल्लाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । ‘लुम्बिनी प्रदेशको राजधानी भालुवाङलाई अब पुरानो होइन, आधुनिक, व्यवस्थित र सुविधासम्पन्न सहरका रूपमा विकास गर्छौं,’ ओलीले भने ।

३ वर्षमा बन्ने राप्ती नदीको पुल २ वर्ष ९ महिना ४ दिनमा बनेकामा प्रधानमन्त्री ओलीले पुल निर्माणमा संलग्न सबै पक्षको उच्च प्रशंसासमेत गरे ।

लुम्बिनी प्रदेशको भालुवाङस्थित राप्ती नदीमा निर्माण सम्पन्न भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो नेपालकै दोस्रो लामो पुल हो ।

करीब १ अर्ब लागतमा पुलको निर्माण कार्य पूरा भएपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवाका स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदी डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीवासीलाई यात्रा गर्न सहज हुनेछ ।

द एएनके लुम्बिनी वाईपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x