प्रदेशका ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

प्रतिकात्मक तस्वीर

१ नम्बर प्रदेशमा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।

प्रदेश अन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको ९ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित २ नम्बर प्रदेशको सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले जानकारी दिए ।


Advertisement

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार ३, धनकुटाका ८३१, उदयपुरका १ हजार २३७, भोजपुरका १ हजार १७६, मोरङका १२ हजार ५६, इलामका १ हजार ६९०, ओखलढुंगाका १ हजार ३६६, खोटाङका १ हजार ६००, झापाका ४ हजार ९७७, तेह्रथुमका ७२३, संखुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका ५ हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।

कमेन्ट गर्नुहोस्