नेदरल्यान्ड्समा सोमवार लगातार तेस्रो दिन लकडाउनविरोधी प्रदर्शन भएका छन् ।
प्रदर्शनका क्रममा दंगा हुँदा आगजनी गरेर प्रहरीका वाहन डढाइएको छ । शीशाहरू तोडफोड गरिएको छ । प्रहरीले हुल्याहाहरूलाई कारवाही गर्ने बताएको छ ।
प्रधानमन्त्री मार्क रट्टेले लकडाउनविरोधी दंगा फौजदारी हिंसा भएको बताउँदै कर्फ्यु लगाइरहने बताएलगत्तै असन्तुष्ट नागरिकहरूले सोमवार राति तोडफोड गरे ।
कालो लुगा लगाएका दंगाबाजहरू सोमवार रोटरड्यामका सडकमा भेला भएर आगजनी गरेका थिए ।
सशस्त्र प्रहरीले दंगाबाज र आगजनी गर्नेहरूसँग द हेग, डेन बोश, हार्लेम र अन्य शहरमा भिडन्त गरेका छन् ।
प्रहरीले कानून तोड्ने जोकोहीलाई पहिचान गरेर पक्राउ गर्ने चेतावनी दिएको छ ।
एजेन्सी