×

NMB BANK
NIC ASIA

अमेरिकामाथि चीन हावी, वैदेशिक लगानी र खुला व्यापारमा अब्बल

माघ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापीकरण र खुला व्यापारलाई समर्थन गरेर चीनले अमेरिकालाई पछि पार्दैै विदेशी लगानीका लागि पहिलो गन्तव्यका रूपमा आफूलाई उभ्याउन सफल भएको छ । 

Muktinath Bank

अमेरिकामा डोनल्ड ट्रम्पको पतन भए पनि उनको विरासत चाहिँ कायमै छ । नयाँ राष्ट्रपति जो बाइडनका मन्त्री तथा अधिकारीहरूले अन्तर्राष्ट्रिय व्यापार र लगानीमा नयाँ दृष्टिकोण ल्याउने प्रतिबद्धता व्यक्त गरेका त छन् तर अमेरिकी कम्पनीहरूका लागि अन्तर्राष्ट्रिय बजार खोल्ने भन्दा पनि अमेरिकीहरूलाई रोजगारी दिनमा उनीहरूको जोड छ । यो भनेको ट्रम्पकै लाइन हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२० मा विदेशी लगानी भित्र्याउने मुलुकका रूपमा चीनले अमेरिकालाई पछि पारिदिएको छ । उसले वर्षभरि १४० अर्ब डलरको लगानी भित्र्यायो । ट्रम्पले चार वर्षसम्म चलाएको शासनका क्रममा


Advertisment
Nabil box
Kumari

अमेरिकामा लगानी स्वाट्टै घटेर गयो । उनले अमेरिका पहिले नीति ल्याउँदै चिनियाँ कम्पनी र लगानीकर्ताहरूलाई बहिष्कार गरेकाले लगानीको वातावरण नै बिग्रियो । 

Vianet communication
Laxmi Bank

बाइडनले चीनविरुद्ध प्रतिस्पर्धा गर्ने र व्यापारका गठबन्धनहरू बनाउने भने पनि त्यो सम्भव देखिँदैन । डेमोक्रेटकहरूले ट्रम्पको संरक्षणवादी विरासतलाई अंगीकार गरेका छन् र उनीहरूसँग बेइजिङविरुद्ध अन्य देशलाई आर्थिक रूपमा सबल बनाउने राजनीतिक स्पेस पनि छैन । 
 

पराप्रशान्तीय साझेदारी (टीपीपी) मा अमेरिकालाई पुनः जोड्ने कुरा अघि बढेको छैन । चीनले नयाँ नयाँ खुला व्यापार सम्झौता गरिरहँदा बाइडनसँग चीनलाई दिने गतिलो जवाफ नै छैन । चीन अमेरिकाभन्दा आर्थिक रूपमा एक कदम अगाडि रहेको प्रमाण यही हो ।

बाइडनले चुनाव जितेपछि अमेरिकाका मूलधारे उदारवादीहरूले ट्रम्प र उनको युग सकिएको आशा गरेका थिए । नयाँ राष्ट्रपति विश्वसनीय, भरपर्दा र सम्मानित व्यक्ति भएको र उनले अमेरिकाको कल्याणकारी छविलाई पुनःस्थापना गर्दैै चीनलाई टक्कर दिन बहुपक्षीयतातर्फ फर्काउने आशा गरिएको थियो ।

चीनविरुद्ध अमेरिका पछि पर्नुमा एक मात्र कारण भनेको ट्रम्पको खराब छवि हो अनि बाइडनको नेतृत्वमा अमेरिकाको सम्मान फर्किने र अन्य देशहरू अमेरिकाको पछि लाग्ने अनि चीनविरुद्धको व्यापार गठबन्धनमा लामबद्ध हुने आशा गरिएको थियो । तर यो कसरी सम्भव छ ?

यसैमा बाइडनको विरोधाभास निहित छ । उनी ट्रम्पविरुद्ध जाने कुरा गर्छन् तर ट्रम्पकै नीतिलाई अनुसरण गरिरहेका देखिन्छन् । 

चीनलाई टक्कर दिने हो भने टीपीपीमा अमेरिका फेरि जोडिनुपर्छ अनि चीन समेत सदस्य रहेको रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशिप (आरसीईपी) मा पनि जोडिनुपर्छ । तर चीनसँग जोडिने कुरा अमेरिकामा अलोकप्रिय ठहर्छ र बाइडन प्रशासन यसमा आकर्षित हुँदैन । 

बाइडनले युरोपेली संघसितको व्यापार विवाद पनि समाधान गर्न सक्ने छैनन् किनकि युरोपेली संघले चीनसँग नयाँ लगानी सम्झौता गरेर रणनीतिक स्वतन्त्रताको प्रदर्शन गरिसकेको छ । यस सम्झौतालाई बाइडन प्रशासनले स्पष्ट रूपमा विरोध गरेको छ । 

चीनले खुला व्यापारमा पाएको सफलता थप्दै जाने देखिन्छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयले सन् २०२१ का लागि प्राथमिकताहरूको सूची सार्वजनिक गरेको थियो र त्यसमा इजरायल, गल्फ कोअपरेसन काउन्सिल, दक्षिण कोरिया र जापानसँग त्रिपक्षीय तथा नर्वेसँग नयाँ व्यापार सम्झौता गरिने उल्लेख छ । 

अमेरिका पहिले अनि अमेरिकी रोजगार पहिले भन्ने नारा घन्किरहेकोमा बेइजिङले आफूलाई बहुपक्षीय खुला व्यापारको रक्षकका रूपमा निरन्तर उभ्याइरहेको छ र थप नयाँ नयाँ सम्झौता गरेर आफ्ना भनाइ र गराइको तालमेल मिलाइरहेको छ । 

ट्रम्पको नीतिलाई निरन्तरता दिँदै बाइडनले अमेरिका पहिलेमा जोड दिइरहेका छन् । चीन विश्वव्यापीकरणको पक्षमा छ भने अमेरिका संरक्षणवादको पक्षमा । 

त्यसैले चीन नै आर्थिक रूपमा माथि परेको स्पष्ट छ । सन् २०२० मा महामारीले शक्तिको सन्तुलन नै परिवर्तन गरिदियो । बेइजिङले अमेरिकासँग जोरी नखोजी कूटनीतिक रूपमा उसलाई पछि पार्न लगालग व्यापार सम्झौता गर्नेछ । 

सन् २०२० मा आर्थिक वृद्धि हुने प्रमुख अर्थतन्त्र चीन मात्र रह्यो । अनि त्यसै वर्ष उसले संसारमै सबभन्दा बढी विदेशी लगानी भित्र्यायो । सन् २०२८ सम्ममा उसले अमेरिकालाई कुल गार्हस्थ्य उत्पादनमा पछि पार्ने प्रक्षेपण गरिएको छ । 

यस्तो अवस्थामा बाइडनसँग व्यापारका विषयमा चीनलाई फर्काउने उचित जवाफ नै छैन । अनि राष्ट्रिय संरक्षणवादलाई अंगीकार गर्दा वाशिङटन विश्वव्यापी प्रतिस्पर्धामा थप पछि पर्नेछ । 

आरटीमा प्रकाशित टम फाउडीको विश्लेषण 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x