चीनले यसै साता दक्षिण चीन सागरमा सैन्य अभ्यास गर्ने, अमेरिकी युद्धपोत आएकोमा आक्रोश

चीनले दक्षिण चीन सागरमा यसै साता सैन्य अभ्यास गर्ने मंगलवार बताएको छ । 

अमेरिकाको विमानवाहक युद्धपोत विवादित जलक्षेत्रमा प्रवेश गरेकोमा बेइजिङले आक्रोश पोखेको केही दिनपछि यस्तो निर्णय लिइएको हो ।


Advertisement

चीनको मेरिटाइम सेफ्टी एडमिनिस्ट्रेसनले लेचु प्रायद्वीपको पश्चिममा गल्फ अफ टोन्किनको जलक्षेत्रमा बुधवारदेखि शनिवारसम्म प्रवेश प्रतिबन्ध लगाइएको छ । तर कहिले अभ्यास गर्ने र कति विशाल अभ्यास गर्ने भन्ने विषयमा उसले खुलाएको छैन । 

अमेरिकाका युद्धपोतहरूको एक समूह यूएसएस थियोडोर रूजवेल्टको नेतृत्वमा शनिवार दक्षिण चीन सागरमा सामुद्रिक स्वतन्त्रता प्रवर्धन गर्न प्रवेश गरेको अमेरिकी सेनाले जनाएको छ । 


Advertisement

बेइजिङ र वाशिङटनबीच द्विपक्षीय सम्बन्ध चिसिएको बेलामा दक्षिण चीन सागर अर्को फ्ल्याशपोइन्ट बनेको छ । हालैका वर्षमा अमेरिकी सेनाले त्यहाँ आफ्ना गतिविधिहरू क्रमशः बढाउँदै लगेको छ । 

चीनले उक्त क्षेत्रमा दाबी गर्दै आएको छ र वरपरका अन्य देशसँग उसको विवाद छ । 

गल्फ अफ टोन्किन भियतनामभन्दा पूर्वपट्टि छ । भियतनामको राजधानी हनोइमा सत्तारूढ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण अधिवेशन शुरू भएको छ । 

अमेरिकाले दक्षिण चीन सागरमा विमान र जहाजहरू पठाएर शक्तिप्रदर्शन गर्ने गरेको र यस्तो गतिविधिले उक्त क्षेत्रको शान्ति र स्थिरतालाई खलल पार्ने चीनले बताएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्