ब्राजिलमा बस दुर्घटना हुँदा बालबालिका सहित १९ जनाको मृत्यु

ब्राजिलको गुआराटुबा शहरमा एक बस पहाडी सडकबाट तल खस्दा बालबालिका सहित कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

एक बालक र पाँच किशोरकिशोरीको मृत्यु भएको हो । 


Advertisement

बसमा कुल ५६ जना यात्रु थिए । तीमध्ये १९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । सातजनाको अवस्था गम्भीर छ । 

स्थानीय समयअनुसार सोमवार बिहान साढे ८ बजे सेर्रा दो मार नामक स्थानमा सडकबाट बस तल खसेको हो ।


Advertisement

बस आनानिन्देउआबाट काम्बोरिउ शहरतर्फ जाँदै थियो । 

बस चालकलाई सोधपुछका लागि लगिएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्