शम्भु थापाले संवैधानिक इजलासमा सुनाएको मिर्जा गालिबको त्यो सायरी ...

फाइल फोटो

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले एउटा हिन्दी सायरी सुनाएर बहसलाई बिट मारेका छन् ।

२० मिनेटको समय पाएपनि सोमवार करीब डेढ घण्टा बहस गरेका थापाले मंगलवार पनि डेढ घण्टाकै समय लिए ।


Advertisement

कुल ३ घण्टा लामो बहसका क्रममा प्रधानमन्त्रीलाई हालको अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको जिकिर गरेका थापाले– 'प्रधानमन्त्रीसँग भएको संविधान अर्कै पो हो कि !' भनेर कटाक्ष समेत गरेका थिए ।

उनले 'क्राउन' (श्रीपेच)लाई जस्तो परमाधिकार प्रधानमन्त्रीलाई नहुने दाबी समेत गरेका थिए ।


Advertisement

आफ्नो बहसलाई बिट मार्दै गर्दा उनले मिर्जा गालिबको एउटा सायरी सुनाए–

जला है जिस्म जहाँ दिल भी जल गया होगा,
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ?

त्यसको नेपाली भावार्थ हुन्छ–

शरीर डढिसक्यो भने मुटु पनि त डढ्यो होला,
खरानी खोतलिरहेका छौ, अब के पो खोज्दैछौ ?

उनले संविधान मर्दा लोकतन्त्र नै मर्ने अर्थमा उक्त सायरी सुनाएका हुन् ।

संविधानमाथिको अतिक्रमणले लोकतन्त्र पनि अन्त्य हुने उनको चिन्ता थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्