भारतले मंगलवार गणतन्त्र दिवस मनाइरहेको बेला राजधानी नयाँदिल्लीमा किसान आन्दोलनले अशान्ति भएको छ ।
कृषि कानूनको विरोध गर्दै आन्दोलनरत किसानहरूको ट्रयाक्टर जुलुस प्रहरीको अवरोधलाई छिचोल्दै अगाडि बढेको छ ।
केन्द्रीय राजधानीका निकटवर्ती प्रदेशहरू हरियाणा र पञ्चाज र उत्तर प्रदेशका किसानहरू ट्रयाक्टरसहित दिल्लीको सीमा क्षेत्रमा पुगेका थिए ।
प्रहरीले जुलुसलाई दिल्लीभित्र प्रवेश गर्न नदिन सडकमा अवरोधक राखेपनि ट्रयाक्टरहरू त्यसलाई छिचोल्दै अगाडि बढेका छन् । जुलुस जबरजस्ती अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जुलुस लालकिल्लातिर अगाडि बढेको जनाइएको छ । गणतन्त्र दिवसको अवसरमा किसानहरूले प्रहरीसँग समन्वय गरेर शान्तिपूर्ण आन्दोलन गर्ने जनाएपनि झडप शुरू भएको छ ।
एजेन्सी