सगरमाथापछि विश्वको दोस्रो अग्लो शिखर 'माउन्ट केटू'को सफलतापूर्वक आरोहण गरेको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलवार ट्वीट गर्दै नेपाली टोलीले गरेको आरोहणले आफूहरूलाई गौरवान्वित बनाएको उल्लेख गरेकी छन् ।
'विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटू सफल आरोहण गरी स्वदेश फर्केको कीर्तिमानी नेपाली टोलीलाई हार्दिक बधाई ! राष्ट्रिय गान गाउँदै निर्मल पूर्जा @nimsdai सहितको टोलीले गरेको शिखर आरोहणबाट हामी सबै गौरवान्वित भएका छौं,' राष्ट्रपति भण्डारीले लेखेकी छन् ।
हेर्नुहोस्, ट्वीट :
विश्वको दोस्रो अग्लो शिखर माउण्ट केटु सफल आरोहण गरी स्वदेश फर्केको कीर्तिमानी नेपाली टोलीलाई हार्दिक बधाई ! राष्ट्रिय गान गाउँदै निर्मल पुर्जा @nimsdai सहितको टोलीले गरेको शिखर आरोहणबाट हामी सबै गौरवान्वित भएका छौं।
— Bidya Devi Bhandari (@PresidentofNP) January 26, 2021
लोकान्तर संवाददाता