सिभिल अस्पतालको आकस्मिक कक्षमा पुग्दा पहेँलो लुगा लगाएका एक पुरुष अर्धचेत अवस्थामा भित्तामा अडेस लागेर बसेको भेटिए ।
उनलाई टाउको अड्याउन पनि मुस्किल परेको सहजै देख्न सकिन्थ्यो । अरू कसैले साथ दिएर बसाउनुपर्ने अवस्था थियो ।
उनी रहेछन्– काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा ३१ वर्षीय, मिलन दनुवार ।
कलेजोका बिरामी मिलनले अहिलेसम्म धेरै अस्पतालको चक्कर लगाइसकेका रहेछन् । परिवारका अनुसार करीब ९ लाख रुपैयाँ खर्च भइसकेको छ ।
ऋण, धन र चन्दा संकलन गरेर छोराको उपचार गराइरहेका मिलनका बुवा भीमसेन दनुवार छोरालाई कसरी बचाउने भन्ने चिन्तामा छन् ।
बुहारी र स–साना नातिनातिनाको चिन्ता पनि उनलाई छ ।
एकातिर बिरामी छोरा, अर्का तिर बढ्दो ऋणले उनलाई चिन्तामाथि चिन्ता थपेको छ । तै पनि छोराको ज्यान बचाउन सक्दो पहल गरिरहेका छन् ।
मलिन अनुहार बनाएर सँगै बसिरहेकी भेटिइन्, मिलनकी पत्नी सुशीला दनुवार । विभिन्न अस्पताल चाहार्दै मिलनलाई सिभिल ल्याएकी उनी अब थप उपचार कसरी गर्ने भन्ने चिन्तामा छिन् ।
मिलनको अवस्था निकै गम्भीर छ । उपचारका लागि पैसाको जोहो गर्न परिवारलाई मुस्किल परिरहेको छ ।
हेर्नुहोस्, लोकान्तरकर्मी विश्वास खनालले तयार पारेको भिडियो रिपोर्ट :
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।