दिल्ली : आन्दोलनरत किसानहरूले लालकिल्लामा फहराए झण्डा (भिडियो)

भारतको राजधानी दिल्लीमा आन्दोलन गरिरहेका किसानहरूले लालकिल्लामा झण्डा फहराएका छन् ।

उक्त स्थानमा प्रधानमन्त्रीले भारतको राष्ट्रिय झण्डा फहराउने गरेकोमा किसानहरूले आफ्नै झण्डा राखेर फहराएका हुन् । 


Advertisement

पहिला एक किसानले झण्डा फहराएकोमा अर्का एक किसानले पनि झण्डा फहराए । 

समाचार तयार पारुन्जेल लालकिल्लाबाट झण्डा हटाइएको छैन । 


Advertisement

तीन नयाँ कृषि कानूनको विरोध गर्दै किसानहरूले महिनौंदेखि आन्दोलन गरिरहेका छन् । आज गणतन्त्र दिवसको अवसरमा दिल्ली प्रवेश गरेर आन्दोलन गर्ने उनीहरूको पूर्वयोजना नै थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्