राष्ट्रपति भण्डारीसँग अमेरिकी राजदूतले गरे भेटघाट

राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन् । 

देशका शीर्ष अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाटको सिलसिला चलाइरहेका राजदूत बेरीले त्यसैक्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । 


Advertisement

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको प्रशासनका प्राथमिकताहरूका विषयमा जानकारी दिने उद्देश्यले उनले यी भेटघाटहरू गरिरहेका हुन् । 

संसारका विभिन्न मुलुकमा लोकतन्त्रलाई बलियो बनाउन र महिला तथा बालबालिकाको अधिकारलाई उकास्न बाइडन प्रशासनको प्राथमिकता रहेको भनी राजदूत बेरीले राष्ट्रपति भण्डारीलाई बताएको जानकारी दिएका छन् । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्