असोज ९, २०८०
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार...
आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् ।
दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् ।
ल्वाङको तेल
दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ । ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस् । अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् । त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् । यसले दुखाइ कम गर्छ ।
खोकीको गोली
खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली चुस्नुस् । गोली नचबाउनुहोला है ।
मजाले दाँत माझ्नुस्
दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् । कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ ।
काँक्रो
काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ ।
टिब्याग
दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ । टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ ।
अदुवा
अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस् । त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ ।
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको ह...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
डा पंकजराज नेपाल न्युरोसर्जन चिकित्सक हुन् । पंकजले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलबाट गरेका थिए । ‘फादर अफ मोडल न्युरोसर्जरी’ भनेर चिनिने स्वर्गीय डाक्टर उपेन्द्र दे...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...