जेठ १८, २०८०
काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागर...
वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन् । यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ ।
रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ ।
जर्नल अफ नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धान निष्कर्षअनुसार, दिमागमा विचार आउने नआउने कुरा न्युरोट्रान्समिटरमा निर्भर रहन्छ । यो दिमागको नर्भ सेलमा सन्देश पु–याउने एक किसिमको रसायन हो ।
वैज्ञानिकहरूका अनुसार, गाम्मा अमिनोबुटाइरिक एसिड वा गाबाले स्नायु गतिविधिलाई नियन्त्रण गर्छ । यसले बाँकी नर्भ सेलको कामलाई प्रभावित गर्छ ।
क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक माइकल एन्डरसनका अनुसार, गाबाले दिमागको स्मरण भण्डारण गर्ने क्षेत्र हिप्पोक्याम्पसमा दखल दिएर पुराना यादहरू र नराम्रा विचारलाई रोक्न सहायता गर्छ । यही क्षेत्रले व्यक्तिका भावना, शर्ट टर्म मेमोरी र लङ टर्म मेमोरीलाई भण्डारण गर्न सहायता गर्छ ।
एन्डरसनका अनुसार, एक परीक्षणमा गाबाको प्रयोग स्ट्रेस, डिप्रेसन वा कुनै घटनाबाट घात पुगेका मानिसमाथि गर्दा उनीहरूको खराब यादहरू सजिलै बिर्सन सहायता पुग्यो । अर्को शब्दमा भन्दा मानिसले आफ्नो दिमागमा नियन्त्रण गर्न सके ।
एन्डरसनका अनुसार, यसलाई सप्लिमेन्टका रूपमा लिन सकिन्छ । यसले मानिस डिप्रेसनबाट पनि बच्न सक्छन् ।
काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागर...
काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले गरीब र विपन्नलाई छुट सुविधा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थालाई कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेका छन् । स्वास्थ्यमन्त्...
वैदिक सनातन धर्मावलम्बीले आज बुधवार आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोप...
काभ्रेपलाञ्चोकको पनौतीमा शुक्रवार जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) शुरू भएको छ । ३ दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरा...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । बीपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका...
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिएका छन् । बुधवार विश्व धूमपानरहित दिवस २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...