×

NMB BANK
NIC ASIA

भिजाएको ओखर दिनदिनै खानुस्, हुनेछन् यस्ता फाइदा !

माघ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ ।

Sagarmatha Cement
Muktinath Bank

ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्त्व पाइन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौं गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ । भिजाइएको ओखरले अनेकौं रोगबाट मुक्त गराउँछ । 
ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ । 


Advertisment
Nabil box
Kumari

ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो । 

Vianet communication
Laxmi Bank

ओखरमा भएका पोषक तत्त्वले हाड र दाँत बलियो बनाउँछन् । यसमा भएको अल्फा लिनोलेनिक एसिडले हाडलाई बलियो बनाउँछ । त्यसबाहेक ओखरमा भएको ओमेगा–३ फ्याट्टी एसिडले सुन्निएको पनि ठीक गर्छ । 

ओखरले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । उच्च रक्तचापको समस्या भएकाहरूलाई ओखर लाभदायक हुन्छ । यसले राम्रो कोलेस्ट्रोल निर्माणमा सहयोग गरेर मुटुलाई फाइदा दिन्छ । 

ओखर खाइरहने व्यक्तिले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगको खतरालाई घटाउन सक्छ । यसमा भएको पोलिफेनोल इलागिट्यानिन्सले क्यान्सरविरुद्ध सुरक्षा प्रदान गर्न मद्दत गर्छ । अनि ओखर खाँदा हर्मोनसँग जोडिएको क्यान्सरको खतरा पनि कम हुन्छ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सर सेल बन्न पनि दिँदैन । 

इम्युनिटी बढाउन, तनाव र स्ट्रेस घटाउन, राम्रो निद्रा दिलाउन, तौल घटाउन, पुरुषको प्रजनन क्षमता बढाउन समेत ओखर लाभदायक हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x