×

NMB BANK
NIC ASIA

किसान आन्दोलनले दिल्लीमा तनाव

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 भारतले गणतन्त्र दिवस मनाइरहँदा राजधानी नयाँदिल्लीका केही स्थानहरू भने किसान आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण दिनभर नै तनावग्रस्त रह्यो । त्यस क्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ भने थुप्रै आन्दोलनकारी र प्रहरी घाइते भएका छन् ।

Muktinath Bank

तर, नयाँदिल्ली प्रहरी र आन्दोलनरत पक्षबीचको नियमित संवाद र संयमले थप क्षति भने भएन । गणतन्त्र दिवसका अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरूले सरकारको विरोधमा र्‍याली निकालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदी सरकारले पाँच महिनाअघि ल्याएको कृषि कानुनको विरोधमा आन्दोलनरत ४० वटा किसान संगठनहरूले गणतन्त्र दिवसकै दिन ट्र्याक्टर र्‍याली निकाल्ने पूर्वघोषित कार्यक्रमअनुसार नै मंगलबार उक्त र्‍याली निकालेका हुन् ।


Advertisment
Nabil box
Kumari

सोही कार्यक्रमअनुसार नै दिल्लीका सिंघु, गाजीपुर, टिक्रीलगायत नाकामा दुई महिनादेखि धर्नामा रहेका किसानहरू ट्र्याक्टरसहित मंगलबार बिहान दिल्लीतर्फ लागेका थिए । दिल्लीको मुख्य भागतर्फ ट्र्याक्टरसहित अगाडि बढेका आन्दोलनरत किसानहरू उग्र बनेपछि आईटीओलगायत स्थान केही घण्टा रणभूमिमा परिणत भए । त्यसपछि अन्य नाकामा रहेका आन्दोलनकारी पनि उग्र बन्दै गएका थिए । प्रहरीको ब्यारिकेड तोड्दै दिल्लीतर्फ सोझिएका किसानहरू आईटीओमा आइपुग्दा भने स्थिति एकाएक उग्र बन्नेको हो ।

Vianet communication
Laxmi Bank

त्यसो त मंगलबार बिहानै सिंघु बोर्डरमै पनि किसान र प्रहरीबीच झडप भएको थियो । प्रहरीले किसानहरूलाई यसअघि भएको सहमति उल्लंघन गरेको भन्दै रोक्न खोजेको थियो । सोमबार आन्दोलनरत पक्ष र दिल्ली प्रहरीबीच मध्याह्न १२ बजेपछि मात्र ट्र्याक्टर र्‍याली निकाल्ने सहमति भएको थियो । त्यसका लागि रुटसमेत तय गरिएको थियो । तर मंगलबार सबेरै र्‍याली निकालेका किसानहरूले आफूअनुकूल रुट पनि तय गरेका थिए । त्यसैले प्रहरीले उनीहरूलाई विभिन्न स्थानमा रोक्ने प्रयास गरेको थियो ।

आईटीओमा भने किसानहरूलाई रोक्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रहार गर्‍यो । त्यहाँ तैनाथ प्रहरीले किसानको र्‍यालीलाई रोकेपछि किसानले सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि नै आक्रमण गरेका थिए । त्यस क्रममा उत्तराखण्डका किसान नवनित सिंहको मृत्युसमेत भएको छ । आन्दोलरत पक्षले सिंहको मृत्यु प्रहरीको गोली लागेर भएको जनाएको छ । तर उनको आफैंले चलाएको ट्र्याक्टर पल्टेर सिंहको मृत्यु भएको प्रहरीको दाबी छ ।

आईटीओमा थप प्रहरी तैनाथ भएपछि आन्दोलनकारी लालकिलातर्फ सोझिएका थिए । त्यहाँ जम्मा भएकामध्ये केही आन्दोलनकारीले लालकिलामा शिख समुदायको धार्मिक झन्डा फहराएका थिए । राष्ट्रिय झन्डाको स्थानमा आफ्नो समुदायको झन्डा फहराएको भन्दै आन्दोलनकारीको चर्को आलोचना भएको छ ।

सन् १९४७ मा लालकिलामा भारतको झन्डा फहराएर भारत अंग्रेज शासनबाट स्वतन्त्र भएको औपचारिक घोषणा गरिएको थियो । लालकिलामा धार्मिक झन्डा फहराएको घटनाप्रति आन्दोलरत पक्षका नेताहरूले पनि विरोध जनाएका छन् । लालकिलामा प्रदर्शन गरेको केही समयमा आन्दोलनकारी दिल्ली नाकातर्फ नै फर्किएपछि स्थिति सामान्य बनेको थियो । मंगलबारको घटनापछि केन्द्र सरकारले दिल्लीको सुरक्षा व्यवस्था थप कडा पारेको छ । साथै सिंघु, टिक्री, गाजीपुर, मुबारक चोक र नग्लोइलगायत क्षेत्रमा मंगलबार मध्यरातसम्मका लागि इन्टरनेट बन्द गरिएको छ ।

नरेन्द्र मोदी सरकारले करिब ५ महिनाअघि ल्याएका तीनटा कृषि कानुनको विरोधमा देशभरका ३ दर्जनभन्दा बढी किसान संगठनहरू आन्दोलनमा छन् । विरोध जनाउन पन्जाब, हरियाणा, राजस्थानलगाय विभिन्न राज्यबाट आएका किसान दुई महिनादेखि दिल्लीको सिंघु, टिक्री, गाजीपुरलगायत नाकामा धर्नामा बस्दै आएका छन् ।

नयाँ कानुनमा भएको कृषि उपजसम्बन्धी व्यवस्थाप्रति किसान संगठनहरूको आपत्ति छ । नयाँ कानुनले कृषकहरूले दर्ता भएका मन्डीबाहिर पनि आफूखुसी कृषिउपज बेच्न पाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यसले राज्यभित्र र राज्यबाहिर पनि उत्पादन बिक्रीको बाटो खुला गर्ने भएकाले कृषकको लागत घट्ने र राम्रो मूल्य पाउने दाबी सरकारको छ । तर, विरोधीहरूले यो व्यवस्थाले मन्डीमार्फत हुने राज्यको आम्दानी गुम्ने र किसानले न्यूनतम मूल्य पनि नपाउने जिकिर गरेका छन् । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x