×

NMB BANK
NIC ASIA

इन्धन भर्न मात्र पनि नेपाल आउँछन् भारतीय गाडी, दिनकै हजारौं लिटर डिजेल भारत फिर्ता !

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै दैनिक ४ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिन्छन् । सामान ‘अनलोड’ गरी भारत फर्किंदा प्रायः गाडी नेपालमै ‘फूल ट्याङ्की’ इन्धन भरेर फर्किने गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धन प्रतिलिटर ३२ देखि ३७ रूपैयाँसम्म सस्तो पर्ने भएपछि भारतीय मालबाहक गाडीले यताबाट इन्धन भरेर फर्किने गरेका हुन् । सीमा आसपासमा चल्ने सवारी साधन त इन्धन भर्नकै लागि पनि नेपाल आउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारी कम नभए पनि भारतबाट अहिले रुपन्देहीका सीमावर्ती बजार भैरहवा र बेलहियामा निर्वाध रुपमा प्रवेश पाउने भारतीय सवारीसाधनले नेपालमा तेल भरेर भारत फर्किने गर्छन् ।


Advertisment
Nabil box
Kumari

यसरी तेल भारतबाट आएको इन्धन दैनिक रुपमा भारतीय भर्दा रुपन्देहीबाट मात्रै दैनिक ९० हजार लिटर डिजेल भारत जाने यहाँ सञ्चालित विभिन्न पेट्रोल पम्पका सञ्चालकले दिएको तथ्याङ्कले बताउँछन् । यो, रुपन्देहीको मात्र होइन, तराईका सबै सीमावर्ती जिल्लाहरुको समस्या हो । 

Vianet communication
Laxmi Bank

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपाने अत्यावश्यक अवस्थामा सीमा नाकासम्म पुग्नका लागि इन्धन दिनुबाहेक अन्य अवस्था भारतीय गाडीलाई दिइने इन्धन रोक्नुपर्ने बताउँछन् । 

‘यो विषय लामो समयदेखि उठ्दै आएको हो,’ न्यौपानेले लोकान्तरसँग भने, ‘इन्धनको संकट भएको बेलामा कुरा उठ्छ, अन्य समयमा सेलाउँछ । यसले नेपालको व्यापार घाटा बढाउँछ । फाइदाको पैसा सबै भारत जान्छ ।’ 

अहिले इन्धनको मूल्य स्वचालित हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बढे बढ्छ, घटे घट्छ । भारतमा त्यहाँको सरकारले स्थानीय र राज्य सरकारले पूर्वाधार लागयतका विभिन्न कर लगाउँदा इन्धन महंगो पर्छ । भारतमा भन्दा सस्तो मूल्यमा डिजेल र पेट्रोल नेपालमा पाइने भएपछि भारतीय गाडी चालकहरूले आफ्नो कमाई बचाउनका लागि नेपालमै तेल राखेर फर्किने गर्छन् । एउटा मालबाहक ट्रकले २ सयदेखि ३ सय ५० लिटरसम्म डिजेल भर्ने गरेको छ । 

गाडी चालकले आफ्नै कमाइका लागि त्यसरी नेपालमा डिजेल भर्दा उसलाई कम्तीमा ८ हजार रुपैयाँ सस्तो पर्दछ । 

दैनिक ३ सय गाडीले सरदर ३ सय लिटरका दरले डिजेल राख्दा ९० हजार लिटर डिजेल भारततर्फ नै फर्किने गरेको छ । भारतीय बजारभन्दा नेपाली बजारमा डिजेल प्रायःजसो कम्तिमा ३० रुपैयाँ सस्ता पर्ने गरेको छ ।

९० हजार लिटर इन्धनमा ३० रुपैयाँका दरले हिसाब गर्दा पनि करीब २७ लाख रुपैयाँ आम्दानी भारतीय चालकहरूको पोल्टामा दैनिक जाने गरेको छ ।

नेपालको स्थानीय प्रशासनले भने यस विषयमा खासै चासो दिएको पाइन्न ।

नेपालबाट भारततर्फ डिजेल फिर्ता जाने गरेको विषयमा आफूले बुझ्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । 

‘यो विषयमा व्यक्तिगत कुरा गर्दा संघीय सरकारले नै योजना बनाउनुपर्ने हो,’ प्रजिअ घिमिरेले लोकान्तरसँग भने, ‘यो विषयमा सोचिरहेका छौं । भारतीय आयल कर्पोरेसको भन्दा नेपालमा सस्तो इन्धनले भारतीय गाडी चालक र गाडी धनीलाई फाइदा धेरै हुन्छ ।’

अहिले भारतीय सीमा आसपासका नेपाली बजारमा डिजेलको मूल्य ९१ र पेट्रोलको १०८ रुपैयाँ छ । त्यस्तै भारतमा उपभोक्ता मूल्य पेट्रोलको (नेपाली) १४० र डिजेलको १२९ रुपैयाँ छ ।

सीमा क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरू पनि भारतीय गाडीलाई तेल बेच्दा खुशी हुने गरेका छन् । नेपालतर्फ उधारोमा कारोवार गर्नुपर्ने, तर उताबाट आउने गाडीले भने फूलट्याङ्की तेल नगदमा हाल्ने भएकाले भारतीयलाई तेल बेच्न उनीहरू खुशी हुने गरेका हुन् ।

मुद्रा सटहीबाट समेत थप आय हुने भएकाले व्यापारीहरूले विना हिच्किचाहट भारतीयलाई तेल बेचिरहेका छन् ।

यातायात व्यवसायीको माग भने भारतीय गाडीहरूलाई तेलको मूल्य छुट्टै हुनुपर्छ भन्ने छ । भारतमा गाडीको मूल्य सस्तो पर्ने अनि नेपालमा तेल सस्तो पर्ने हुँदा दुवैतिरको सस्तो सस्तो उपयोग गरेर उनीहरूले लिने भाडासँग आफूहरूले प्रतिस्पर्धा गर्न नसक्ने नेपाली यातायात व्यवसायीको गुनासो छ ।

हवाइजहाजमा विदेशी पर्यटकलाई अतिरिक्त शुल्क लिए जस्तै नेपाली बजारमा गुड्ने भारतीय सवारी साधनलाई पनि पेट्रोलियम पदार्थमा थप शुल्क लिनु पर्ने माग व्यवसायीले राख्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x